माया सुब्बाको सहयोगमा तरुणदल द्वारा खाध्यसामाग्री बितरण

Enepal Patra Pvt. Ltd. , ७४९  पटक हेरिएको

केराबारी , २३ असोज । कोरोनाको महामारीले मानिसहरुको दैनिक जीवन कमजोर बनाईरहेको छ ।
बिपन्न बर्गका मानिसहरुलाई त हातमुख जोड्न समेत धौ धौ परिरहेको छ । नेपालीहरुले हर्षौल्लासका साथ सदिऔ देखि मनाईरहेको महान चाड नजिकिदै गर्दा गरिबको भने चुलो बल्न सक्ने अवस्था समेत छैन ।
चाडबाडमा हासिखुसी रमाईलो गर्दै मिठो खाने सपना बोकेका तेस्ता बर्गलाई मीठो खुवाउउने उदेश्यले नेपाल तरुणदल केराबारिले केराबारी १० हाल हङकङ बस्ने माया सुब्बाको सहयोगमा केराबारीका ४ घरपरिवारलाई नुन ,तेल,चामल, साबुन लगायत घरायसी प्रयोगका सामाग्री बितरण गरेको छ ।
चाडबाडको बेला हातमुख जोड्नै मुस्किल भएको अवस्थामा सहयोग पाएर सामान पाउने परिवार खुसी भएका छन भने तरुणदल र सहयोग गर्ने माया सुब्बालाई धन्यबाद समेत दिएका छन ।
यस्तो अभियानलाई निरन्तरता दिनका लागि आफू लागिरहेको तरुणदल केराबारीका सभापति पप्पु साहले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-१०-०९ , समय : १४:११:३५ , ३ वर्ष अगाडि