Enepal Patra Pvt. Ltd. , ९६९ पटक हेरिएको

काठमाडौं ,५ असाेज ।राष्ट्रिय खेलकुद परिषद केन्द्रीय कर्मचारी संघले १३ ओैं सागमा विजयी भएका खेलाडीलाई सरकारले अपमान गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ ।
संघका अध्यक्ष रन्जन थापाले साेमबार विज्ञप्ति सार्वजनिक गर्दै गत वर्ष नेपाल मा आयोजना भएको १३ औं सागका स्वर्ण पदक विजेता खेलाडीलाई विभूषणको लागि फारम भराएर पनि सुचीमा समावेश नहुनु खेलाडीकाे अपमान भएको ठहर गरेको छ ।विज्ञप्तिमा खेलका माध्यम बाट नेपाललाई चिनाउने खेलाडीलाई संविधान दिवसका अवसर प्रदान गरिने पदकबाट बन्चित गराउनु अक्षम्य गल्ती भएको बताइएको छ । एउटै हैसियत प्राप्त गरेका खेलाडी कसैलाई दिने र कसैलाई नदिने निर्णय प्रति खेद प्रकट गर्दै संघले खेलाडीको मान र मर्यादामा ठेस नपुर्याउन सरकारसँग माग समेत गरेकाे छ ।१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९७ कास्यसहित २ सय ७ पदकका साथ पदक तालिकामा दोस्रो स्थान प्राप्त गरेको थियो ।
प्रकाशित मिति: २०२०-०९-२१ , समय : १८:४६:२८ , ५ वर्ष अगाडि