सचेतक राईकाे सक्रियता

Enepal Patra Pvt. Ltd. , १११३  पटक हेरिएको

कानेपोखरी, २९ भदौ । प्रदेश न.१मा नेपाली कांग्रेस संसदीय दलका सचेतक एवम् युवा नेता सुयर्माराज राई भर्चुअल अन्तरसंवादमार्फत सक्रिय देखिएका छन् ।कोरोना प्रभावका कारण औपचारिक गतिविधि र कार्यक्रम संचालन हुननसक्ने अवस्थामा राईले पार्टीको सैद्धान्तिक र वैचारिक पक्षको बहस,छलफल र अन्तरसंवादलाई भर्चुअल माध्यम बाट गतिशील बनाउन लागिपरेका हुन्। कांग्रेसमा वैचारिक र सैद्धान्तिक छलफल र बहस नितान्त कमजोर बन्दै गएको परिस्थितिमा युवा नेता राईले ‘लोकतान्त्रिक विमर्शका लागि साझा सवाल:साझा मंच’मार्फत सक्रियता बढाएका छन्।’सबैले बोल्ने,सबैको सुन्ने’ नामक कार्यक्रममा सहभागी सबैलाई बोल्न अवसर सिर्जना गरेर नयाँ शैलीको थालनी गरेका राईले पार्टीको राजनीतिक, सैद्धान्तिक/वैचारिक,सांगठनिक र नीति तथा कार्यक्रमका बारेमा मात्रै धारणा राख्न दिने गरेका छन्।’ यो विशुद्ध विचार मन्थनको थलो हो।यसले कुनैपनि प्रकारको गुट-उपगुटलाई चिन्दैन।चिन्छ त कांग्रेसको वैचारिक र सैद्धान्तिक कुरालाई मात्रै।’-राईले भन्नुभयो- ‘कांग्रेसमा विचार,सिद्धान्त र नीति तथा कार्यक्रमका बारेमा छलफल, बहस र विमर्श लगभग शुन्यप्राय: छ।त्यसैले मैले विचार मन्थनको शिराबाट कार्यक्रम अगाडि बाढाइ पार्टीलाई पृष्ठपोषणको प्रयास गरेको हु।’घरमै बन्दाबन्दीमा बस्नुपरेको अवस्थालाई पार्टीको वैचारिक/सैद्धान्तिक फांटमा केहि सुरुवात गरेर योगदान दिन लागिपरेको बताउदै राईले आफ्नो कार्यक्रममा सबैले समान अवसर र हैसियत पाउने पनि जानकारी गराउनुभयो।’माथिको कुरा मात्रै सुन्नुपर्ने, लादिनुपर्ने परिपाटीको ठिक विपरीतमा छ यो भर्चुअल अन्तरसंवाद।यहाँ सहभागी सबै समान हुन्।अवसर र हैसियतमा कुनै भिन्नता र भेद हुन्न।-राईले भन्नुभयो- ‘संगठनको संरचना पिरामिड आकारमा हुन्छ ।त्यसको अर्थ तलको पोजिसन पनि उतिकै महत्त्वपूर्ण छ जति माथिको छ।तर हामीले सधैं माथिको सुन्नुपर्ने, लादिएर बस्नुपर्ने,ताली बजाउन मात्रै देखिनुपर्ने।यसले पार्टीको आन्तरिक संगठन र प्रणालीलाई भुत्ते र कमजोर बनाएको छ।अब माथिको मात्रै सुन्ने होइन, तलको पनि सुन्नुपर्छ।त्यही मर्ममा आधारित छ यो भर्चुअल अन्तरसंवाद।’

‘सबैले बोल्ने,सबैले सुन्ने’ कार्यक्रमअन्तर्गत ८औं शृङ्खला सफलतापूर्वक सम्पन्न गरिसकेका नेता राईले यसै बीचमा राष्ट्रियस्तरको दुई महत्त्वपूर्ण कार्यक्रमसमेत सम्पन्न गर्न भ्याइसकेका छन्। परम्परागत शैलीभन्दा पृथक तरिका अपनाइएको उक्त कार्यक्रममा सहभागी र नेता पौडेलका बीचमा अन्तरसंवाद गराइएको थियोे।जननेता वीपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसरमा ‘वीपी, प्रजातान्त्रिक समाजवाद र कांग्रेस:आजको सन्दर्भमा’ बिषयक अन्तरसंवादमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख वक्ता हुनुहुन्थ्यो।कार्यक्रममा प्राध्यापक,अधिवक्ता,पत्रकार,ट्रेड युनियन,लेखक/कवि, शिक्षक नेतासहित पार्टीका उपल्ला नेता कार्यकर्ताहरु सहभागी थिए। वैचारिक अन्तरसंवादको रुपरेखामा संचालित कार्यक्रममा लम्बेतान भाषणको सूची थिएन। मुख्य वक्ता पौडेलको वैचारिक धारणापश्चात् सहभागीसंग अन्तरसंवाद भएको थियोे।त्यस्तै वीपीको साहित्यिक जीवनको पक्ष र आयामबारेमा केन्द्रित रहेर प्राज्ञिक विमर्श गराएर राईले बहसको नयाँ प्रारम्भ गर्नुभएको छ।’म राजनीतिमा समाजवादी हो भने साहित्यमा अराजकतावादी हु’-वीपी:एक विवेचना शीर्षकमा सम्पन्न उक्त भर्चुअल कार्यक्रममा प्राध्यापकद्व्य कविराज न्यौपाने र गोविन्द नेपालले विवेचनात्मक धारणा राख्नुभएको थियोे।त्यस्तै नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष एवम् चर्चित कवि/गीतकार श्रवण मुकारुङले टिप्पणी मन्तव्य राख्नुभएको थियोे।टिप्पणीका क्रममा अध्यक्ष मुकारुङले वीपीको बहुआयामिक पक्षलाई कांग्रेसले भनेजस्तो गरि उजागर गर्न नसकेको,विचार र सिद्धान्तको पाटोमा उदासिन बन्नपुगेको बेला यस्तो प्रकारको विचारमा आधारित बहस कांग्रेसको लागि महत्त्वपूर्ण हुने बताउनुभयो।

वीपीको साहित्यिक पक्षमा छलफल हुनु, उहाद्वारा स्थापित राजनीतिक र साहित्यिक मान्यताबारेमा विमर्श हुनु सुखद सुरुवात भएको वक्ताहरुको भनाइ थियोे।’वीपीलाई बुझे कांग्रेसलाई बुझिन्छ र वीपीलाई बुझ्न राजनीति मात्र होइन साहित्यमा पनि पढ्नुपर्छ’- नेता गोपालमानसिंह राजभण्डारीको कथन थियो।’विचार र सिद्धान्तको गर्मागर्म बहसले मात्रै कांग्रेसको पुनर्जीवन सम्भव हुने र पार्टी पनि जीवन्त बन्ने’ तर्क प्राडा भेषप्रसाद धमलाको राख्नुभयो।

सर्वोच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा राष्ट्रियस्तरको वैचारिक विमर्श गराउन तयारीमा रहेका राईले भर्चुअल माध्यमबाट नै क्षेत्रका नागरिकहरुसंग समेत अन्तरसंवाद गर्ने तयारी रहेको बताउनुभयो।विद्यार्थी राजनीतिबाट उदाएका नेता राईले केहि बर्ष प्राध्यापन पनि गर्नुभएको थियोे।राईको साहित्य र पत्रकारितामा पनि एक अलग पहिचान रहेको छ।मूलतः प्राज्ञिक पृष्ठभूमिका राईले लालकिल्लाको रूपमा स्थापित नेपालकै कम्युनिस्ट गढ भएको मोरङको ३/१ निर्वाचन क्षेत्रबाट गत ७४ सालको आमनिर्वाचनमा विजय हासिल गरेका थिए।मोरङको पथरी र कानेपोखरी भू-भागले समेटिएर बनेको उक्त निर्वाचन क्षेत्रबाट पटकपटक भरतमोहन अधिकारीले चुनाव जित्नुभएको थियोे।करिब ३० बर्षपछि भने राईले लालकिल्ला तोडेका थिए।संसदमा ‘मुद्दामा टिकेर’ कुरा उठाउने सांसदको छवि बनाउनुभएको राईले प्राकृतिक स्रोत दोहनको विरुद्ध र चुरे संरक्षणको बिषयमा सशक्त आवाज उठाउदै आउनुभएको छ।

प्रकाशित मिति: २०२०-०९-१४ , समय : ०९:२१:४० , ४ वर्ष अगाडि