इतिहास सवैको हुन्छ तर इतिहास गर्वले भन्न सक्ने हुनु पर्छ

Enepal Patra Pvt. Ltd. , ९०४  पटक हेरिएको

ओम आचार्य

इतिहास व्याक्तिको , परिवारको,समाजको , गाउको ,शहरको राष्ट्रको सवैको भए जस्तै धर्मको , राजनीतिको , राजनीतिकपाटीको पनि हुन्छ ।

इतिहास कस्तो छ , त्यस्को आधारशिला , त्यस्को पृष्ठभूमि कस्तो थियो । यो जान्नु बुज्नु पनि हामिलाइ जरुरी र आवस्यक पनि छ । समयमै आफ्नो इतिहास , आफ्नो कर्म भुमि कस्तो वनाउने त्यो युवा अवस्था मै सोच्नु व्याक्तिको लागी जति अनिवार्य छ।

त्यति नै जरुरि धर्म , राजनिती को विचार कसरी स्थापित गराउने त्यो धर्मगुरु अवतारीहरु र राजनिती गर्ने राजनेताहरुले पनि समयमै सोच्नु पर्छ र आफ्नो इतिहास वनाउने तिर लाग्नु पर्छ ।

इतिहास यस्तो वनाउन वनाउनेहरुले गर्वले जुन सुकै मंचवाट भन्न सकुन सुन्ने लाइ कर्ण प्रिय लागोस , सुन्नेलाइ प्रेरणा होस , सुन्नेले यस्तै इतिहास वनाउने आफ्नो लक्ष्य साधोस ।

इतिहास सुन्दा सुनाउने प्रती क्रोध नआओस , सुनाउने प्रती घृर्णा नआओस र सुनाउने प्रती अनास्था पैदा नहोस।सुनाउने प्रती वितृष्णा पैदा नहोस।

विशेसत मैले यहाँ केही राजनीतिक पाटिहरुको मुलभुत राजनैतिक इतिहासको कुरा स्मरर्ण तिर लान खोजेको हु , ति राजनीतिक पाटीहरुको पृष्ठभूमि , राजनीतिक पाटी को आधारशिला तिर फर्कन प्रेरित गर्न खोजेको छु अहिले यि पाटीहरु यस देसमा स्थापित भैसकेका छन र आफु कसरी , कुन राजनैतिक मार्ग वाट , कुन कर्म भुमिबाट स्थापित भएका छन त्यस्को सामान्य जानकारी सबैले राख्नुस भन्न खोजेको छु ।

एकपल्ट सायंद गुरु रजनिश संग एक महिला डॉक्टरले आफ्नो पुर्व जन्मको कुरा थाहा पाउने

आफ्नो पुर्व जन्मको कुरा जान्ने जिज्ञासा राखिन गुरु रजनिशले यो कुरामा तपाइ हठ नगर्नुस जिध्दी नगर्नुस यो जानेर तपाइलाइ आनन्द र सुख अनुभुती हुदैन तपाइमा पिडा ग्लानि वाहेक केही प्राप्ति हुदैन भन्दा उन्को हठ र जिध्दी का साथै र सामना गर्न तयार छु भनेपछी रजनिश गुरुले उन्को पुर्व जन्म फ़िल्म जस्तो सवै देखाइदिए , पुर्वजन्मतिर फर्काइदिए , त्यो समयमा तिनि शहरका चर्चित तर घृर्णित वेस्या रहिछिन र अहिले को वर्तमानको सम्मानित डक्टर जीवन मा ठुलो धक्का लाग्यो र कालान्तरमा यिन्को यही पिडाले जीवनलिला समाप्त भयो ।

विगत त्यस्तो हुनुपर्छ जुन स्मरण गर्दा सुखद होस विगत त्यस्तो हुनुपर्छ जुन स्मरण ले आयु वृध्दी गरोस विगत त्यस्तो हुनु पर्छ की मृत्यु पछि प्रेरणा को रुपमा अरुहरुले त्यो विगत लाइ सम्झेर आफ्नो उध्देस्य वनांउन।

नेपालमा भएका राजनीतिक दलहरु नेपाली काग्रेस , ने क पा वन्नु भन्दा पुर्व को एमाले , ने क पा माओवादी लगायतका पाटीहरु जस्को इतिहास जस्को राजनैतिक पृष्ठभुमी राजनीतिक आधार भुमी कस्तो छ। के यिनिहरुमा कुन कुन पाटी ले जनतामा माँझ आफ्नो इतिहास आफ्नो विगत गर्वले शानले भन्न सक्छन ,यो कुरा लाइ ति पाटीहरुले कसरी मनन गरेका छन र यो कुरा मा आमजनताले यिनिहरुको विगत इतिहास तिर फर्केर हेरे पछि ति राजनीतिकदलहरुमा के कति श्रध्दा ,के कति निष्ठा वनाएकाछन या कति घृर्ण कति अनास्था वनाएका छन या कति क्रोध पालेका छन या कति वितृर्षण वनाएका छन यो पनि जान्नु जरुरी देखिन्छ।

राजनीतिक दलहरु स्वय आफु पनि आफ्नो विगतवाट कति सन्तुष्ट छन आफ्नो विगत इतिहासबाट कति आनन्दित छन र कति गर्वित अवस्थामा छन त्यो पनि ति राजनितिक दलले आत्मालोचना , पुनर्मूल्यांकन गरेका छन या छैन रु यौटा कुरा आफ्नो राजनीतिक पाटी को नाम स्थापना कालदेखि अहिले सम्म अध्यावधी कुन पाटीले राख्न सकेको छ र कुन पाटी ले आफ्नो पाटीको नाम परिवर्तित गर्दै गएका छन र कुन पाटी अन्य पाटीमा विलय गर्दै आफ्नो इतिहास विर्सन या विर्साउन खोजिरहेका छन ।

यि सबै कुरा विगत इतिहासकै पृष्ठभूमि ले गर्दा यस्तो गर्नु पर्ने अवस्था कुन कुन पटी मा देखा परेको छ या देखा पर्न खोज्दै छ, यस्लाइ आफ्नो दृष्टीमा राखिरहुस र त्यो ज़रा सम्म पुग्न प्रयत्न गर्नुस सवै को राजनिक , धार्मिक , सामाजिक पारिवारिक पृष्ठ भुमि तपाइको आखा अगाडी चलचित्र जस्तो सर्र दृस्यमा आउछ।

ति महिला जो आफ्नो पुर्व जन्मको जानकारी बाट आफै प्रति घृर्णा , आफै प्रती ग्लानि र पिडाले जसरी आफनो जीवन लिला समाप्त गरिन त्यस्तो अव उप्रान्त हामी बाट नहोस शुभ विचार शुभ कर्म आओस सबैमा मेरो अनुरोध।

(लेखक र मोरंग काग्रेसको मुखपत्र चारताराका सम्पादक एव जिल्ला प्रशिक्षण विभाग सदस्य हुनुहुन्छ।)

प्रकाशित मिति: २०२०-०९-१२ , समय : १४:२८:४९ , ४ वर्ष अगाडि