चौथो दिनमा १२० परिवारलाई राहत

Enepal Patra Pvt. Ltd. , ३९१  पटक हेरिएको

लेटाङ २५ भदौ । फुड बैक मार्फत बुधवार लेटाङ ५ र २ का अतिनै बिपन्न १०९ परिवारलाई राहत प्याकेज बितरण भएको छ । लेटाङ ५ ८९ परिवार र लेटाङ २ का २० परिवारलाई राहत बितरण गरिएको हो । लेटाङ २ मा मंगलवार समेत राहत बितरण गरिएको थियो ।
”हुनेले दिएर जाँउ, नहुनेले लिएर” भन्ने मुल नारालाई आत्मसात गर्दै लेटाङका ४ वटा संस्था मिलेर फुड बैक संचालन गरिरहेका छन् ।

लेटाङ उद्योग बाणिज्य संघ, लेटाङ जेसिज, लेटाङ पुस्तकालय र चारतारे युथ क्ल्बको संयुक्त आयोजनामा लेटाङमा संचालन भैरहेको हो । बिगत ४ दिन देखि लेटाङका बिभिन्न वडामा फुड बैंक सञ्चालित छ ।

अतिनै बिपन्न परिवारहरुलाई दैनिक गुजारा गर्न सहज होस् भनि बिपन्न परिवारहरुको घरमै पुगि आज खाद्यान्न बितरण गरिएको आयोजकले जनाएको छ । फुड बैंक बाट कोहि बिपन्न परिवार राहत लिन छुटेको भए आयोजक संस्थामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
बिहिवार आजको फुड बैंक सन्चालनको कार्यक्रम लेटाङ नगरपालिका वडा नम्बर ६ मा हुने भएको छ ।

अति बिपन्न परिवारहरुका लागि घरमै पुगेर राहत बितरण गर्ने कार्यक्रम रहेको हुदाँ टोलमा अति बिपन्न परिवार हुनुन्छ भने अभियन्ता आनन पौडेल ९९८४२४३८६५९ ० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २०२०-०९-१० , समय : ०८:४४:३७ , ४ वर्ष अगाडि