शुशासन र नेकपाको सरकार

Enepal Patra Pvt. Ltd. , ८९३  पटक हेरिएको

ओम आचार्य

नेकपा एमालेमा हाल सिर्जित घटनाक्रमले जसरी प्रधानमन्त्री के पी ओलीको आफ्नै पाटी भित्रबाट राजिनामा मागेर पाटी भित्रको विवाद र द्वन्द अव उत्कर्षमा पुग्दै एमाले भित्रको यो विवाद  अव अघोर रुपमा प्रकट हुने छ।

दुइ अध्यक्ष के पी ओली र प्रचण्डको राजनैतिक पृष्ठभुमी समान जस्तै जस्तै छ र  मुलुकको सर्वेच्च पद प्राप्त गरेका र गरिसकेका यि शिर्ष नेताहरुमा यस्तो प्रकारको विवाद र द्वन्द को शिलशिला चलिरहनु निस्चय पनि पाटीको लागी र नेताहरुको व्याक्तीगत जीवनमा पनि आच मात्रै आउदैन  की त्यस्ले देशलाइ पनि नेक्सानीमा पुर्याउछ।

कम्युनिष्ट पाटीमा र त्यो पाटीको नेतृत्वमा रहेको सरकारमा आफ्नै पाटीबाट विपक्षीदलले गर्ने जस्तो व्यवाहार गरेर सरकारनै असफल गराउने गरी गरिएको यस्तो प्रकारको वैचारिक द्वन्द र आरोप प्रत्यारोपले देशको राजनीतक भविष्य मा धेरैले संसय देख्दैछन र भिन्दै राजनितिक आंकलन गर्न विस्वमा विस्वराजनीतिमा जहा जुन राष्ट्रमा कम्युनिष्ट सरकारको नेतृत्व छ या थियो ति राष्ट्रमा मौजुदा सरकारको मैजुदा पाटीको विपरित जादा या फरक मत राख्दा घटिने या घटाइने घटना डरलाग्दो भएको तथ्य भएपनि नेपालमा रहेको कम्युनिष्टबाट यस्तो प्रपंच हुदैन ? यस्मा हामी विस्वस्त हुन सक्छौं?

कृष्ण बहादुर महरा गोकुल वास्कोटा यी दुवै राजनीतिज्ञ नेकपा एमाले का एकिकरण पुर्वका दुइ पाटीका दुइ शिर्ष नेताका नजिका व्यक्तीको राजनितिक भविस्यमा प्रस्न यही द्वन्द कै कारण को रुपमा लिने गरेका छन . र अहिले दुइ विचार र सिध्दान्त बोकेको दुइ राजनितिक पाटी को एकिकरण या एक अर्कामा विलय जे भनौ यि दुइ पाटी अझै पनि आपसमा समाहित हुन सकेका छैनन |र यसैको परिणाम हो यो वर्तमान स्थिती।

नेकपा नै प्रतिपक्षमा

जव नेकपाको सरकार वन्यो त्यो पनि पुर्ण बहुमतको सक्तीशाली सरकार अर्को तिर नेपाली काग्रेस प्रतिपक्षी । वैधानिक रुपमा प्रतिपक्षी नेपाली काग्रेस हो र संविधानत प्रतिपक्ष को नेताले पाउनु पर्ने सुविधाहारु नेपाली काग्रेसले भोग गर्दै छ तर त्यो प्रतिपक्षको भुमिका त्यस्को सक्रियता नेकपाले नै गरिरहेको छ । नेकपा को वर्तमान राजनीतिको विकसित घटनाक्रम ले अव नेकपा चिन र रुसको जस्तो कम्युनिस्ट चै होइनन अहिलेको नेकपा पाटीको नेतृत्वबाट सरकार को नेतृत्व लिएका प्रधानमन्त्री के पी ओलीलाइ कसैको भय छ ,डर छ भने आफ्नै पाटीको र आफ्नै पाटीको अर्का अध्यक्ष प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेतृत्वबाट छ नेपाली काग्रेससंग छैन

गणतन्त्रस्थापना पछिको  असफल सरकार

के पी ओली को प्रधानमंत्रीत्व सरकारको निर्माण भए देखी नै यो नेतृत्वको सरकार लाइ अधिनायकवाद लादेको आरोप लाग्दै आएको , भ्रष्टाचार चरम पुगेको , भ्रष्टाचारको विरुध्दमा सडक मा जुलुस र नारा नै लगाएर विरोध गरेको सम्भवत गणतान्रीक सरकारमा यही सरकार मा हो, विचार र अभिव्यक्ति को स्वतन्त्रतामा अंकुश लाउन प्रयत्न गरेको , एम सि सि को विसयमा वर्तमान सरकारलाइ राष्ट्रघातको आरोप लागेको , हत्या , बलात्कार र कोरोनाको उपचार र रोकथाममा असफल हुदै गएको र १० अर्ब को हिसाव खोजेको यि सबै आरोप वर्तमान सरकारलाइ लागेको छ।

र यिसवैको विरुध्दमा ओली सरकारलाइ कसैले चोर औला देखाएको छ भने त्यो नेकपा पाटीबाटै दरो संग देखाइएको छ।

ओलि सरकारले धेरै पटक धेरै विधेयक ल्याउने जमर्को गर्यो र कति त विधेयक टेवुल सम्म पनि गरे अन्तत नेपाली काग्रेस र आफ्नै पाटीका सहकर्मी नेताहरुको विरोधका करण फिर्ता लिनु पर्यो गणितीय हिसावले ओलि सरकार सक्तीशाली भएपनि यि मुध्दामा अोली सरकार निरिह र कमजोर देखिएको छ र यस्मा प्रमुख कारक नेकपा नै देखिएको छ ।

शुशासन र नेकपा सरकार

प्रजातन्त्रकोलागी शुशासन को ठुलो महत्व छ र यो शुशासन भए जनतामा प्रजातन्त्रमा आस्था विश्वास र निष्ठा वडेर आउछ । जनतालाइ सरकारमा मै छु र यो सरकार मेरो हो भन्ने भाव जागृत हुनु पर्छ । सरकारमा वसेका र यस्को नेतृत्व लिएकाहरुले जनतासंग गरेका वाचाहरु विर्सनु हुदैन र सरकार नीति र कार्यक्रम जनता सम्म पुर्याउने  सरकारी संयन्त्र ले मालिक हैन सेवक को भावना वनाउन सके शुशासन दिन सक्छ । सरकार पारदर्शी हुन सक्नु पर्छ सुचना संप्रेषणगर्ने संचार क्षेत्रलाइ नै अंकुश लाउन उद्त हुनुहुदैन जस्तो अहिले भइरहेको छ ।

भ्रष्टाचार हुनुहुदैन , नियम कानुन र संविधान को उल्लंघन हुनु हुदैन ।

अहिलेको सरकार यि सबै  माथिका विकृतीका कुरामा अग्रसर छ शुशासनको अनुभुती दिन संकेको छैन र यही विधमान अवस्था रहे नेकपाको भविस्य नदेख्ने नेकपा भित्रकै पाटी पंक्तीका ले शुशासन कै लागी प्रजातन्त्र र संविधानको रक्षाकोलागी ओलि विरुध्द उभिएका हुन ।शुशासन प्रजातन्त्रको लागी अपरिहार्य हो र शुशासन विरुध्द को सरकार सही मार्गमा ल्याउने काम नेपाली काग्रेसको हो जुन आफै प्रतिपक्ष को भुमिकामा रहेपनी त्यो भुमिका निर्वाह गर्न सकेको छैन ।

अहिले नेकपामा सृजित परिस्थिति र त्यो परिस्थिति ले उब्जाएको द्वन्द मा दृस्य अदृस्य मा को को छन भन्दा पनि यस्को अवतरण नायक नारायणकाजी श्रेष्ठ हुनेछन आखिर पाटी प्रवक्ता जो हुन ।

प्रकाशित मिति: २०२०-०९-०८ , समय : १३:३०:०३ , ४ वर्ष अगाडि