बरपिपल युवा समुहले सुरु गर्याे ,फुड बैंक

Enepal Patra Pvt. Ltd. , १३८४  पटक हेरिएको

पथरीशनिश्चरे ,२० भदौ । माेरङकाे पथरीशनिश्चरे २ का सामाजिक कार्यकर्ताहरुकाे सामुहिक प्रयासमा नगरकाे २ नं. वडामा फुड बैंक स्थापना गरिएको छ ।
शनिबार एक समारोहका बीच फुड बैंकले अति विपन्न परिवारलाई राहत स्वरुप ८ किलाे चामल १ किलो दाल,१ किलो नुन र १ लिटर तेल वितरण गरेकाे छ ।
काेराेना भाइसर काेभिड १९ले विश्वभर त्रास फैलाएपछि नेपाल पनि ६ महिनायता बन्दाबन्दी खेपिरहेकाे छ । काेराेना कहरले अति विपन्न परिवार चरम संकटमा परेकाे समाचार आउन थालेपछि बरपिपल समुहले वडा नं. २ मा फुडबैंक सञ्चालन गर्ने निर्णय गरेको थियो ।
साेही कार्यक्रम अन्तरगत नगरकाे वडा नं. २ स्थित कसेनीमा ५० परिवारलाई राहत प्रदान गरिएको छ। कसेनीकाे कन्दरा युवा क्लवमा आयाेजित राहत वितरण कार्यक्रममा फुड बैंक सञ्चालन कार्यक्रमका संयाेजक टीका तामाङले अति विपन्न परिवारको चुल्हो निभेकाे सुनेपछि युवा साथीहरूकाे सहभागीतामा फुड बैंक सुचारू गरिएको बताउनु भयाे ।हुनेले दिएर जाओैं , नहुने लिएर जाओैं ,भन्न नाराका साथ सुरु भएको अभियानमा हाल सम्म ६० बढी दाताहरूले सहयोग गरिसकेको स्थानीय पर्शुराम गुरुङले बताउनुभयो ।गुरुङका अनुसार नगरकाे २ नं. वडाका १० टाेलमा ५०/५० जना अति विपन्नलाई राहत वितरण गरिनेछ । वरपिपल युवा समुहले विष्णुप्रसाद बास्काेटाकाे संयाेजकत्वमा वडाका दस वटै टाेलका विपन्न परिवार पहिचान गर्न एक समित बनाएकाे थियाे ।साेही समितिले सिफारिस गरेका परिवारलाई अघिल्लो दिन टाेकन प्रदान गरि भाेलि वा पर्सिपल्ट राहत वितरण गरिने कार्यक्रम रहेको छ । राहत वितरण कार्यक्रममा वडा नं. १० का संयाेजक प्रदिप राई ,वडा नं. २ का वडा सदस्य पर्शुराम न्याैपाने लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २०२०-०९-०५ , समय : २०:०४:०१ , ४ वर्ष अगाडि