काठमाडौँ, १८ भदौ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो ।

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम गर्दै आएका उमेश पटुवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । लामो समय मुख्य प्रशिक्षक नहुँदा प्रशिक्षणमा बाधा पुगेकाले उक्त पदका लागि दरखास्त आह्वान गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

यसैगरी क्यानले सातवटै प्रदेशका लागि एक एक प्रशिक्षकसमेत माग गरेको छ । क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागिसमेत दरखास्त आह्वान गरेको छ । क्यानले देशभर क्रिकेट खेलको विकास र विस्तार गर्न पहिलो पटक पत्येक प्रदेशमा प्रशिक्षक राख्ने यसअघि निर्णय गरेको थियो । प्रशिक्षणको अभावमा उनीहरुले खेल्ने मौका पाउन सकिरहेका थिएनन् । अब सबै प्रदेश र जिल्लाामा क्रिकेट खेलाडी उत्पादनमा मुख्य रुपमा जोड दिइने क्यान अध्यक्ष चन्दले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.