ओम आचार्य

बिराटनगर ।  नेपाली कांग्रेसको स्थापना बडो जटिल समय मा भएको थियो जहानिय राणाशासन थियो विधीको शाशन थिएन यस्तो परिस्थिति मा नेपाली काग्रेस को स्थापना गरी जनप्रतिनिधीहरुको हातमा राष्ट्रलाइ सुम्पनु र विधी विधान ले राज्य व्यवस्था चलाउनु नै मुल उध्देस्य र अभिस्ट ले संगठन स्थापना हुन थाल्यो यसै क्रममा २००३ मा देवि प्रसाद सापकोटा अध्यक्षतामा अखिल भारतिय नेपाली राष्ट्रीय काग्रेस को गठन र यस्तै नेपाली राष्ट्रीय काग्रेस टंक प्रसाद आचार्यको सभापतित्वमा गठन भयो त्यति खेर टंक प्रसादको सभापतित्वमा गठन भएको कांग्रेस विपी कोइराला कार्यकारी सभापति थिए । त्यस्तै पृष्ठभुमी मा त्यस्तै लक्ष्य राखी २००४ मा सुवर्ण समशेर ले महेन्द्र विक्रम शाहाको अध्यक्षतामा नेपाल प्रजातन्त्र काग्रेस को स्थापना गरे ।

अव यहानेर आएर २००६ मा नेपाली राष्ट्रीय काग्रेस र नेपाल प्रजातन्त्र काग्रेस विच एकताको घोषणा भयो यो मुलत वि पी कोइराला र सुवर्ण शमशेरको सक्रियता मा त्यो एकता भएको थियो ।

त्यो एकता पछि अहिले हामी भन्ने गरेको नेपाली काग्रेस र कांग्रेसको चारतार को एतिहासिक घोषणा सभापती मातृका कोइराला र महेन्द्र विक्रम शाहाले संयुक्त घोषणा गरे जुन अहिले सम्म अध्यवधी छ ।

२००७ सालमा को सम्मेलनवाट क्रान्तिको घोषणा गरे जस्को कमान्ड मातृका कोइराला र त्यस्लाइ जीवन दिने वि पी कोइराला र सुवर्ण शमशेर । अव २००९ साल तिर पाचौ महाअधिवेशन मा वि पी कोइराला नेपाली काग्रेस सभापति भए। त्यस पछी छैठौ महाअधिवेसन २०१२ मा सुवर्ण समशेर नेपाली काग्रेस को अध्यक्ष भए । २०१२ मा विशेष अधिवेशन विराटनगरमा भयो त्यसमा वि पी कोइराला पुन सभापती भए। २०१६ मा काठमान्डुमा भएको सातौ महाअधिवेशन ले पुन वि पी कोइराला लाइ नै सभापति चयन गर्यो । २०४८ साल तिर कृष्ण प्रसाद भट्टराइ लांइ कार्यवाहक सभापती झापाको महाअधिवेसन ले चुन्यो। २०५३ मा भएको नवौ महाअधिवेसन र २०५७ मा भएका अधिवेशनवाट गिरिजा प्रसाद कोइराला सभापती भए भने एघारौ महाअधिवेसन अर्थात २०६२ मा पुन गिरिजा प्रसाद कोइराला नै सभापती भए ।

गिरिजा प्रसाद कोइरालाको सभापति पछी २०६७ मा कार्यवाहक सभापती शुशिल कोइराला भए र अहिले शेरवहादुर देउवा सभापती छन ।

नेपाली काग्रेसले याहा सम्म आइपुग्दा धेरै उतार चडाव भोग्नु पर्यो र यो क्रममा सवैभन्दा संकट मय , जोखिमसमय मा पाटी संचालन गर्नु र जीवन्त राखिराख्नु अर्को चुनौति थियो र त्यो चुनौती पुर्ण समयमा वि पीले नै नेपाली काग्रेसको नेतृत्व गर्नु भएको देखिन्छ , नेपालको तत्कालिन राजनैतिक अवस्था लाइ अन्तरराष्ट्रीय करण गरेर जनमत काग्रेसको पक्षमा पार्दै नेपालि काग्रेसलाइ राष्ट्रमा स्थापित गराउनु भयो ।

विशेष गरेर २००७ को क्रान्ति को घोषण गर्दा मातृका नेपाली काग्रेस को सभापती भएपनि संचालन चै वि पी कोइरालवाट नै भएको थियो।

यस पछी नेपालमा जति उपलब्धी भए ति सवै नेपालि कांग्रेसकै नेतृत्वमा भए र २०१४ को अधिवेशन पछी नेपाली काग्रेसले आफ्नो उध्देस्य र अभिष्ट मा सफलता प्राप्त गर्यो तर त्यो दीर्घकाल सम्म रहन सकेन र २०१७ मा प्रतीगमन भयो ।

२०१७ देखी २०३९ सम्म वि पी कोइराला निरन्तर बहदलको प्रचारमा जनमत वनाउन लागि रहनु भयो यही समय मा २०३३ तिर राष्ट्रीय मेलमिलाप भनेर जीवन दाउमा राखेर नेपाल प्रवेस गर्नु भयो २०३६ सालको विध्यार्थी आन्दोलन र त्यसपछी जनमत संग्रह ।

यहाँ सम्म आइपुग्दा नेपाली कांग्रेस वि पी कै वरी परी थियो र उ अवसान पछी पनि एकछत्र अर्थात २०५३ र २०६२ को अधिवेशन वाट गिरिजा कोइराला सभापती रहे र त्यस पछी पनि शुशिल कोइराला २०६७ को अधिवेशन वाट सभापती भए ।

यसरी हेर्दा नेपाली कांग्रेसमा सवै भन्दा वडी नेतृत्व कोइराला परिवारबाटै भयो र कोइराला परिवारबाटै नेपाली काग्रेस स्थापित भएको देखिन्छ र नेपाली काग्रेस भनेकै वि पी भनेर बुज्न थालिएको छ , नेपाली काग्रेस भनेकै कोइराला परिवारको बोध हुन्छ।

कोइराला नै कांग्रेसको लिगेसी

यही कुरावाट होला काग्रेस भित्र संस्थापन र इतर संस्थापन को कुरा उठ्छ । यहाँ नेर पाटी नेतृत्व कस्को छ त्यसैलाइ संस्थापन भन्ने गरिएको छ तर त्यो भन्दा पनि नेपाली काग्रेस भित्र सधैको संस्थापन कोइराला नै हुन ।

अहिले लिगेसी को कुरा प्रखर रुपमा उठाइएको छ यो कुरा कोइराला परिवार भित्रैवाट पनि उठिरहेको छ र कांग्रेस भित्रै कोइराला संग फरक वस्नेले पनि लिगेसीको कुरा उठाएका छन।

कोइराला लिगेसी को कुरा ,लिगेसीको यो विचार यसरी आउनु फरक सोच भएकाले पनि स्थाइ संस्थापन भनेकै कोइराला हुन भन्ने प्रत्यक्ष अप्रत्यक्ष स्विकारेको देखिन्छ ।

अर्को तर्फ केही समय पुर्व सुजाताको निवास महाराजगंज र विराटनगरमा सुजता फ़ाउन्डेशन को कार्यक्रममा तिन कोइराला एक ठाउँमा उभिएको उदघोष गरे यो पनि कोइरालाको लिगेसी लाइ मजवुत वनाउन गरेको देखियो ।

एकातिर डा. शेखर कोइराला राजनीति मा र चुनावमा ,लिगेसी नै अन्तिम होू यो कुरा मान्नु हुन्न तर यसो भन्दै वहा आफै यो लिगेसीको मञ्चमा उभिएर हामी तिन कोइराला एक भयौ भन्नु हुन्छ अर्को तर्फ महामन्त्री डा. शशांक कोइराला पनि आफु सभापतीको उम्मेदवार भएको उदघोष गरे, भन्दै दुवै कोइरालले शेरवहादुर देउवा , राम चन्द्र पौड्याल कृष्ण सिटौला , लाइ बोधार्थ दिएको रुपमा व्याख्या गर्न सकिने विसय भएको छ।

यहाँ नेर दुवै कोइराला सभापतीमा इच्छुक देखिन्छ र दुवै कोंइराला लिगेसी भित्रै पर्छन यस्तो अवस्था यी दुइ कोइराला मध्ये लिगेसीमा पनि नजिक को लिगेसीअर्थात नैसर्गिक लिगेसीमा मा डा. शशांकलाइ लिन सकिने विधमान अवस्था डा शेखर कोइरालाले लिगेसी नै सवैथोक होइन लिगेसी नै अन्तिम होइनू भन्दै कस्ले कति काम गरेको छ , कस्लाइ कार्यकर्ताले कति मनपराउछन , को कति संगठन विस्तारमा , को कति कार्यकर्ता माझमा प्रिय छ र रुचाउने कुरा ले भुमिका खेल्छ भन्दछन उन्को यो कुरा अर्का लिगेसी बोकेका महामन्त्री डा. शशांक प्रती त संकेत त होइन यो पनि भित्री अर्थ खोज्दै जादा यस्तो भेटिन्छ ।

लिगेसी को कुरा गर्दा नेपाली कांग्रेसमा वि पी पछी त्यो परिवारमा गिरिजा प्रसाद केइराला र गिरिजा प्रसाद कोइराला पछी शुशिल कोइराला यसरी त्यो विरासत त्यो परिवार ले सम्हाल्दै आएको छ , लिगेसी भित्र पनि वि पी पुत्र मा त्यो लिगेसी आएन र याहा वंशवाद  (वि पी पछी वि पी पुत्र) ले त्यो विराशत लाइ निरन्तरता दिन सकेन र यहाँ नेर क्रम भंग गर्दै गिरिजा प्रसाद कोइरालामा त्यो नेतृत्व हुदै शुशिल केइराला सम्म आएर त्यो विरासत को अन्त भएको छ । गिरिजा प्रसाद कोइराला वाट वि पी पुस्ताको क्रम भंग भएको देखिएको हुदा क्षमता , योग्यता र कार्य र जनप्रियता ले गर्दा गिरिजा प्रसाद कोइराला र शुशिल कोइराला पाटी मा नेतृत्वदायी भुमिकामा आएको हुदा यही कुरा को उदघाटन सायद डा. शेखर कोइरालाले लिगेसी मात्रै सवै कुरा होइन लिगेसी नै अन्तिम होइन व्यक्त गर्नु भएको हुन सक्छ। र यसरी आफुलाइ गिरिजा र शुशिल संग जोडन खोजेको प्रतित हुन्छ । जुन कुरा नेपाली कांग्रेस भित्र लिगेसीमा त वहाँ हुदैँ हुनुहुन्छ र पाटीमा जनवल , जनआधार पनि क्रमश वडाउदै जानु भएको छ , वनाउदै जानु भएको छ र त्यो वहाको भनाईको आधारभुमी सायद यै हुन सक्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.