नेपाल तरुणदल केराबारी द्वारा फुड बैंक स्थापना

Enepal Patra Pvt. Ltd. , १८२४  पटक हेरिएको

केराबारी ६ भदाै ।कोहि पनि भोकभोकै बस्न नपरोस भन्ने उदेश्यका साथ नेपाल तरुण दल केराबारीले ‘हुनेले खाना दिएर सहयोग गरौं नहुनेले लिएर जाउ।’ भन्ने नाराला साथ केराबारिमा फुड बैंकको स्थापन गरेको छ।

 

कोरोना भाइरसका कारण मुलुकका अधिकाम्स स्थानहरुमा लकडाउन जारी  छ भने कतिपय स्थानहरुमा सुरक्षाका सम्पुर्ण बिधिहरु अवलम्बन गरेर आंसिक खुल्ला  छ। लकडाउ गरिएका स्थानहरूमा मानवीय जीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ। यो विषम परिस्थिमा कोहि पनि भोकभोकै बस्न नपरोस भन्ने उदेश्यका साथ नेपाल तरुण दल केराबारीले ‘हुनेले खाना दिएर सहयोग गरौं नहुनेले लिएर जाउ’ भन्ने नाराला साथ केराबारिमा फुड बैंकको स्थापन गरेको हाे । काेरानाकाे संक्रमण भुसकाे आगाे जसरी सल्किरहेकाे सन्दर्भमा लकडाउन अपरिहार्य भएपनि दैनिक चामल किनेर खाने परिवारकाे भाेकै हुने अवस्था आएपछि तरुणदलले यस्ताे याेजना ल्याएकाे हाे ।

बढ्दाे लकडाउनले सृजना गरिरहेको बेरोजगारीपन बाट खाना खान समेत समस्या भइरहेका परिवारलाई केही राहत हुने गरि आज बाट केराबारी गाउँपालिका भवन अगाडि नेपाल तरुण दल केराबारी बाट निस्शुल्क फुड बैंकको स्थापना गरेको केराबारी तरुण दलका सभापति पप्पु शाहले जानकारी दिनु भयो। सबैको साथ र सहयोग रहेमा यो सेवा नियमित संचालन गरिने समेत उहाले बताउनु भयो।

 

एसअघि पनि तरुण दल केराबारी द्वारा माक्स बैंकको स्थापना गरि माक्स बितरण कार्यलाइ निरंतरता दिइरहेको छ।

प्रकाशित मिति: २०२०-०८-२२ , समय : १७:३०:३३ , ४ वर्ष अगाडि