पिकअप दुर्घटनामा चालकको मृत्यु

दुई गम्भीर घाइते

Enepal Patra Pvt. Ltd. , ९६६  पटक हेरिएको

लेटाङ, ३ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

रमिते बजारबाट अम्लिसोको कुचो लोड गरेर जाँतेतर्फ जाँदै गरेको को १ च ९३२४ नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा अनियन्त्रित भएर हिजो साँझ दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाका अनुसार दुर्घटनामा चालक मोरङको लेटाङ नगरपालिका–८ जाँतेका ४२ वर्षीय नगेन्द्र खड्काको मृत्यु हो ।

दुर्घटनामा पिकअपमा सवार लेटाङ–८ का ४५ वर्षीय तिलबहादुर राई र मिक्लाजुङ–५ का २० वर्षीय सुधिर नेपाल घाइते भएका छन् । गम्भीर घाइते भएका दुबै जनाको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक चालकको शव उर्लाबारीको मंगलबारे अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: २०१९-०२-१५ , समय : १३:१५:०८ , ५ वर्ष अगाडि