बीपी स्मृति दिवसमा रक्तदान

Enepal Patra Pvt. Ltd. , ५३३  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), ६ साउन । जीपी कोइराला अध्ययन केन्द्रले बीपी कोइरालाको ३८ आं स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
पथरीशनिश्चरे १ स्थित नर्वदेश्वर शिवालय मन्दिर प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ४५ जना दाताले रक्तदान गनुर््भयो । रक्तदान कार्यक्रम कै अवसरमा भएको वीपी बिचार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं प्रदेश नं. १ का सांसद शेखरचन्द्र थापाले वीपीको बिचार र आदर्शबाट बिचलित नहुन कार्यकर्तालाई आग्रह गर्नुभयो । बीपी कोइराला राजनीतिक ब्यक्ति मात्र नभएको चर्चा गर्दै थापाले कोइराला साहित्य र राजनीतिमा उत्तिकै सफल ब्यक्ति भएको बताउनु भयो ।
नेविसङ्घका पूर्व महामन्त्री एवं काङ्ग्रेसका युवा नेता कुन्दनराज काफ्लेले बीपी कोइराला प्रजातान्त्रिक समाजवादको ब्याख्याता भएको बताउँदै बीपीले परिकल्पना गरेको समाज निर्माण गर्ने दायित्व तरुणहरूमा आएको बताउनु भयो ।
जीपी कोइराला अध्ययन केन्द्रका अध्यक्ष सुविन पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश खड्का,क्षेत्रीय सचिव मुक्ति भण्डारी, जिल्ला सदस्य दिलबहादुर खड्का र पूर्व महाधिवेशन प्रतिनिधि पर्शुराम कार्कीले बोल्नु भएको थियो । कार्यक्रम तरुण नेता पर्शुराम गुरुङले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : १९:०६:२१ , ४ वर्ष अगाडि