बेलबारीमा २० करोडको ब्यापारिक मल बन्ने

Enepal Patra Pvt. Ltd. , ६११  पटक हेरिएको

बेलबारी (मोरङ), ६ साउन । मोरङको बेलबारी नगरपालिकाले नगरको १ न वडामा सुबिधा सम्पन्न ब्यापारी भवन (सपिङ कम्पलेक्स) निर्माण गर्ने भएको छ । छैठौं नगर सभाले नगरको गौरवको योजनाका रुपमा १८ महिना भित्र निर्माण सम्पन्न हुने गरी सपिङ कम्पलेक्स निर्माण गर्न लागिएको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताउनु भयो ।
२० करोड ९ लाख ८० हजार रुपियाँमा बन्ने ब्यापारिक महल नगर विकास कोषको ७० प्रतिशत सहुलियत ऋण र ३० प्रतिशत नगरपालिकाको खर्चमा निर्माण हुन लागेको हो । केही दिन अघि नगर प्रमुख सुवेदीले नगर विकास कोषसँग कम्पलेक्स निर्माणका लागि सम्झौता गर्नु भएको थियो ।
यस्तै नगरपालिकाले नगर भित्र १५ शैयाको नगर अस्पताल निर्माण गर्ने कार्यक्रमलाई पनि गौरवको योजना भित्र राखेको छ ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : ०८:४९:१४ , ४ वर्ष अगाडि