कविता: शिक्षा

Enepal Patra Pvt. Ltd. , ४५५२  पटक हेरिएको

शिक्षा नै रहेछ मानिसको शक्ति ठूलो यहाँ ।
यसको सहयोग बिना ठूलो काम गर्याे कुन मुर्ख ले काँही ।
यसैले त हो भित्र को मुर्खता अज्ञान जलाई दिने
यात्रा मानव जिबन मा सु मार्ग देखाई दिने ।

असल शिक्षा छानि छानि धेरै धेरै लिनु ।
सकेसम्म राम्रो ज्ञन अरु लाई पनि दिनु ।
जति धेरै राख्दा पनि दिमागमा अटाउ छ ।
अज्ञान का खराब तत्व बाहिर तिर पठाउ छ ।

न त हुन्छ सुन चाँदी ठूलो न हिरा मोती ।
शिक्षा नै ह मानव को सुन्दर ता को ज्योति ।
त्यसैले त सधै यसलाई शिरमा सजाएर राख्नु ।
धेरै शिक्षा बटुलेर त्यसको स्वाद चाख्नु ।

हाम्रो देशमा सीपमूलक सिर्जनात्मक शिक्षाको खाँचो ।
यस्तो सुन्दर शिक्षा लागु गर्न कसैले पनि देखाए न चासो ।
सीपमूलक शिक्षा लिए मानवको जिबन उज्यालो हुन्छ ।
यस्तो शिक्षा कहिले ल्याउने हो सबैलाई आफ्नै धुन छ ।

सुन्दर राष्ट्र बनाउन लाई राम्रो शिक्षा चाहिन्छ ।
शिक्षा ले बिना ठूलो बिकाश भएको देश काँही छ ।
हाम्रो देशमा सीपमूलक राम्रो शिक्षा ल्याइयोस ।
सुन्दर नेपाल बनेको सबै ले देख्न पाइयोस् ।

तिलक थापा
अरुण गाउँपालिका
वडा न ७ मैदाने
भोजपुर

प्रकाशित मिति: २०२०-०७-२० , समय : २१:३८:३३ , ४ वर्ष अगाडि