प्रदेश १ मा ८२.५१ प्रतिशत रोपाइँ सम्पन्न

Enepal Patra Pvt. Ltd. , ५२४  पटक हेरिएको

मोहन ढकाल
विराटनगर, ५ साउन । प्रदेश नं.१ मा ८२.५१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । साउन ४ गते आइतबारसम्ममा ८२.५१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । धान रोपाइँ हुने तीन लाख ४० हजार आठ सय २९ हेक्टर क्षेत्रफलमध्ये दुई लाख ८१ हजार दुई सय २०.७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार उच्चपहाडी जिल्लामा २४ हजार एक सय १३ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । उक्त क्षेत्रफलमध्ये उच्चपहाडी जिल्लामा ८० प्रतिशत अर्थात् १९ हजार एक सय ८७.२ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

मध्यपहाडी जिल्लामा ९० हजार नौ सय १६ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ । उक्त क्षेत्रफलमध्ये मध्यपहाडी जिल्लामा ७५ प्रतिशत अर्थात् ६८ हजार ४ सय ७८.५२ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

त्यस्तै तराईका जिल्लामा दुई लाख २५ हजार आठ सय हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ । जसमध्ये तराईका जिल्लामा ८६ प्रतिशत अर्थात् एक लाख ९३ हजार पाँच सय ५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

उच्चपहाडी जिल्ला ताप्लेजुङमा आठ हजार सात सय ३७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । उक्त क्षेत्रफलमध्ये ८५ प्रतिशत अर्थात् सात हजार चार सय २६.४५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

संखुवासभा जिल्लामा १३ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये संखुवासभामा ७५ प्रतिशत अर्थात १० हजार ३ सय ८८.२५ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।

यस्तै उच्चपहाडी जिल्ला सोलुखुम्बुमा ९० प्रतिशत धान रोपाइँ भएको छ । एक हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमध्ये एक हजार तीन सय ७२.५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी मध्यपहाडी जिल्ला पाँचथरमा ७८ प्रतिशत रोपाइँ भएको छ । धान खेति हुँदै आएको नौ हजार दुई सय तीन हेक्टर क्षेत्रफलमध्ये सात हजार एक सय ७८.३४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । इलाममा ७२ प्रतिशत रोपाइँ भएको छ ।

इलाममा १४ हजार आठ सय १५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । जसमध्ये १० हजार छ सय ६६.८० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

भोजपुरमा १८ हजार ९२ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । जसमध्ये भोजपुरमा ८४ प्रतिशत अर्थात् १५ हजार एक सय ९७.२८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

तेह्रथुममा ७५ प्रतिशत रोपाइँ भएको छ । तेह्रथुममा धान रोपाइँ हुने १० हजार एक सय ७५ हेक्टर क्षेत्रफलमध्ये सात हजार छ सय ३१।२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी धनकुटामा ७० प्रतिशत धान रोपाइँ भएको छ । धनकुटामा धान रोपाइँ हुने सात हजार नौ सय ५० हेक्टर कुल क्षेत्रफलमध्ये पाँच हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

मध्यपहाडी जिल्ला उदयपुरमा १३ हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । उक्त क्षेत्रफलमध्ये उदयपुरमा ७१ प्रतिशत अर्थात् नौ हजार चार सय ९९.८० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

ओखलढुङ्गामा ५५ प्रतिशत रोपाइँ भएको छ । ओखलढुङ्गामा चार हजार चार सय तीन हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । जसमध्ये ओखलढुङ्गामा दुई हजार चार सय २१.६५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

यस्तै मध्यपहाडी जिल्ला खोटाङमा १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । जसमध्ये खोटाङमा ८० प्रतिशत अर्थात् १० हजार तीन सय १८.४० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

तराईका जिल्लामध्ये सबैभन्दा बढी झापामा रोपाइँ भएको छ । झापामा ८७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये झापामा ९० प्रतिशत अर्थात् ७८ हजार सात सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।

मोरङमा ८३ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । उक्त क्षेत्रफलमध्ये मोरङमा ८५ प्रतिशत अर्थात् ७० हजार आठ सय पाँच हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी सुनसरीमा कुल क्षेत्रफलमध्ये ८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । जसमध्ये सुनसरीमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

यही अवधिसम्ममा गत वर्ष ५६.७४ रोपाइँ सम्पन्न भएको थियो । यो वर्ष प्रयाप्त पानी परेका कारण गतवर्षको तुलनामा बढी रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरकी सूचना अधिकारी सरस्वती श्रेष्ठले बताइन् ।

प्रकाशित मिति: २०२०-०७-२० , समय : १८:१२:४९ , ४ वर्ष अगाडि