मोरङमा बाढीले बगाएर २ को मृत्यू

Enepal Patra Pvt. Ltd. , ६५४  पटक हेरिएको

सुन्दरहरैचा(मोरङ), ५ साउन । मोरङको केराबारी –६ मा डाले खोलाले बगाएर स्थानीय ५५ वर्षीय जीतबहादुर मगरको मृत्यु भएको छ । बिहान ११ बजे तिर डाले खोलाले बगाएको अवस्थामा मगरको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उस्तै मोरङकै सुन्दरहरैचा–११ पिपल चौकका ३ वर्षीय बालक सञ्जीव दनुवारको नजिकैको पैनीमा डुबेर मृत्यु भएको छ ।
घर अगाडि खेलिरहेका बालकलाई पैनीमा डुबेको केही छिनमा उद्धार गरी अस्पताल लगिएको थियो । तर, अस्पताल नपु¥याउँदै बाटो मै बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-२० , समय : १७:५२:५३ , ४ वर्ष अगाडि