प्रशिक्षकको हौसला बढाउन १ नं. प्रदेश सरकारसँग आग्रह

Enepal Patra Pvt. Ltd. , ७२०  पटक हेरिएको

काठमाडौं, ४ साउन । राष्ट्रिय खेलकुद परिषद कर्मचारी सङ्घले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै १३ औं साग खेलकुद प्रतियोगितामा पदक दिलाउन जिम्मेवार भूमिका निर्वाह गर्ने प्रशिक्षकहरू (खेल गुरु) लाई समेत सम्मान र पुरस्कृत गर्न प्रदेश र स्थानीय सरकारसँग माग गरेको छ ।
सङ्घका अध्यक्ष रञ्जन थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा खेलमा जीत हासिल गराउन खेलाडीको सँगै खेल प्रशिक्षकको पनि उल्लेख्य भूमिका हुने भएकोले उनीहरूको हौसलाका लागि सम्मान र पुरस्कार आवश्यक भएको उल्लेख गरिएको छ । सङ्घीय सरकारले पदक दिलाउने खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कार दिएको बताउँदै अध्यक्ष थापाले विज्ञप्तिमा प्रदेश र स्थानीय सरकारले पनि खेलाडी र प्रशिक्षकको हौसला बढाउन सम्मान र पुरस्कार दिनु पर्ने माग गर्नु भएको छ । १ नं. प्रदेश सरकारले हालै खेलाडीलाई मात्र पुरस्कार र सम्मान गरेको उल्लेख गर्दै विज्ञप्तिमा सङ्घलाई प्रशिक्षकहरूको योगदानको अवमूल्यन गरेको महसुस भएको बताएको छ ।
विज्ञप्तिमा खेलकुद क्षेत्रको विस्तार र खेलाडीको क्षमता वृद्धिका लागि तीनै तहका सरकारलाई क्रियाशील भएर लाग्न आग्रह समेत गरिएको छ ।

प्रकाशित मिति: २०२०-०७-१९ , समय : १८:३७:५२ , ४ वर्ष अगाडि