गाँउपालिका अध्यक्षमाथिको आक्रमण नियोजित

Enepal Patra Pvt. Ltd. , ८६२  पटक हेरिएको

मोरङ , २ साउन । नेपाली कांग्रेस मोरङले केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथिको छुरा प्रहार घटना सुनियोजित भएको बताएको छ । कांग्रेसले घटनाका विषयमा अबिलम्ब स्वतन्त्र अनुसन्धान गरिनुपर्ने बताएको छ । यसै विषयलाई लिएर कांग्रेस मोरङको आकस्मिक बैठक बसिरहेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

छुरा प्रहार बाट कार्कीको टाउको,पेट,गर्दन र हातमा चोट लागेको छ ,नेपाली कांग्रेस सचिव मोदराज घिमिरेले भने“ घटना सामान्य नभइ नियोजित भएको र यस विषयमा नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीहरुलाई जानकारी गराइ सकिएको छ ।” घटना सामान्य हैन भन्ने निष्कर्षमा हामी पुगिसकेका छाै सचिव घिमिरेले भने । कार्कीको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०२०-०७-१७ , समय : २०:१०:४४ , ४ वर्ष अगाडि