चिसाङको पीडामा काङ्ग्रेस र तरुण दलको मल्हम

Enepal Patra Pvt. Ltd. , ६२४  पटक हेरिएको

कानेपोखरी(मोरङ), १ साउन । चिसाङ खोलामा गत शनिवार राति आएको बाढीले विस्थापित भएका १३ परिवारलाई नेपाली काङ्ग्रेस ५ नं. वडा समिति र नेपाल तरुण दल कानेपोखरी–५ ले राहत वितरण गरेको छ ।
कानेपोखरी –५ को दुखी टोलका ८ परिवार र सोही वडाको चिसाङ वस्तीका ५ परिवारलाई राहत वितरण गरिएको हो ।नेपाली काङ्ग्रेस वडा समिति र तरुण दलले दुखी टोलमा सरिता दनुवार, सोममाया दनुवार , वीरबहादुर दनुवार,पार्वती दनुवार ,नीरमाया माझी , उदयबहादुर माझी ,डम्बरबहादुर माझी र लक्ष्मी चौधरीलाई राहत प्रदान गरेको हो । राहत विरण कार्यक्रममा नेपाली काङ्ग्रेस वडा समितिका सभापति टेकबहादुर मगर, सचिव सूर्यबहादुर राई लगायत तरुण दल दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । दुखी टोलमा नगद ५ सय रुपियाँ सहित तेल, सोयाविन,दाल,चामल ,सावुन, सेनिटाइजर , टर्च लाइट र माक्स वितरण गरिएको थियो ।
यस्तै चिसाङ बस्तीका ५ परिवारलाई पनि काङ्ग्रेस र तरुण दल टिमले राहत प्रदान गरेको छ । चिसाङ बस्तीमा पनि ५ सय नगद सहित टर्च लाइट,दाल, सोयाविन , चामल,तेल,दाल ,माक्स र सेनिटाइजर प्रदान गरियो । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र तरुण दलका नेता कार्यकर्ताको उपस्थितिमा चिसाङ बस्तीका सानु दर्जी, गणेश राई ,मानबहादुर मगर,बलबहादुर तामाङ र देव मगरलाई राहत वितरण गरिएको हो ।
कानेपोखरी –५ का काङ्ग्रेस र तरुण दल सम्बद्ध नेता कार्यकर्ताले सङ्कलन गरेको झण्डै ३० हजार रुपियाँले राहत वितरण गरिएको  तरुण दलका नेता मीनराज राईले बताउनु भयो । दुखी टोल र चिसाङ बस्तीमा भएका दुबै कार्यक्रम चन्द्र गुरुङले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२०-०७-१६ , समय : २१:४३:०८ , ४ वर्ष अगाडि