लेटाङ नगरपालिका द्धारा सिसि क्यामेरा जडान

Enepal Patra Pvt. Ltd. , ८२४  पटक हेरिएको

लेटाङ ३१ असार । लेटाङ नगरपालिकाले सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि नगरका मुख्य भागमा सिसि क्यामेरा जडान गरेको छ ।

नगरपालिकाले लेटाङ नगरपालिका वडा नं. ३ र ४ मा रहेका मुख्य मुख्य चौकमा सिसि क्यामेरा जडान गरेको हो । मिलन चौक , विपी चौक, गंगे चौक , चिसाङ पुल , बसपार्क लगायतका क्षेत्रमा सिसि क्यामेरा जडान गरिएको नगरपालिकाका आईटी अफिसर ओम प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बजार क्षेत्रका मुख्य भाग हुने घटनालाई सुरक्षाका कोणबाट नियाल्नका लागि सिसि क्यामेरा जडान गरिएको पौडेलले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यलय लेटाङको संचार शाखामा राखिएको उक्त सिसि क्यामेरालाई दैनिक अपडेट गर्नका लागि प्रहरीले २४ सै घण्टा निरक्षण भईरहेको हुने पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकाको आर्थीक तथा प्राविधिक सहयोगमा भएको यो कार्यले प्रहरीलाई सुरक्षा जाँच गर्न सहज भएकोछ । नगरपालिकाको सवै वडा कार्यलय लगायत मुख्य चौक देखि नगरपालिकाले स्थापना गरेको क्वारेन्टाईनमा समेत सिसि क्यामेराले निगरानी गरिरहेको छ ।

प्रकाशित मिति: २०२०-०७-१५ , समय : १६:२८:५२ , ४ वर्ष अगाडि