वराङमा दुई जना बेपत्ता, खोलाले बगाएको आशंका

Enepal Patra Pvt. Ltd. , ३१४  पटक हेरिएको

दोलखा, ३०  असार । दोलखाको विगु गाँउपालिका वडा नम्बर २ वराङ टाईबा निवासी श्रीमान श्रीमती सोमवार देखि बेपत्ता भएका छन् । उनीहरुलाई टाईबा खोलाले बगाएको हुनसक्ने स्थानियले बताएका छन् ।

सोमवार विहान ११ बजेतिर खोलापारी रहेको खेतमा हिडेका ६५ बर्षिय रामजी विक र उहाँको श्रीमती ६० बर्षिय बुद्धिमाया विक बेपत्ता भएको र उहाँहरुको खोजि जारी रहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तमाङले बताउनु भयो । खोलाले बगाएको आशंकामा प्रहरी नायव निरीक्षक ९असई० कैलाशकुमार श्रेष्ठको टोलिले टाईबा खोलादेखी तातोपानी दोभानसम्म खोजिगरेको भएपनि फेला पार्न नसकेको प्रहरी निरीक्षक तमाङले बताउनु भयो । बेपत्ता भएका विक दम्पतिको चार छोरीमात्र रहेको र सबै विवाह भएर गै सकेकोले खोजिमा समस्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले वराङमा दुई जना बेपत्ता भएको जानकारी आएको र खोलाले बगाएको आशंकामा खोजि भै रहेको जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२०-०७-१४ , समय : १३:५९:५७ , ४ वर्ष अगाडि