बागलुङ, २९ असार ।  गलकोट नगरपालिका–३ का दीपक गन्धर्व वडाले सारङ्गी दिएपछि मख्ख हुनुहुन्छ । घरमै बनाएको सारङ्गीले सुर दिन छाडेका बेला उहाँलाई नयाँ सारङ्गी हातपरेको छ । उहाँ अहिले त्यही सारङ्गी रेट्नुहुन्छ र धुन भर्नुहुन्छ । लोपोन्मुख गन्धर्व जातिको लोकबाजा र संस्कृति संरक्षण गर्ने उद्देश्यले सारङ्गी प्रदान गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो । दासा र समपोखरा गाउँमा पुख्र्यौली घर भएका अधिकांश गन्धर्व परिवार अहिले हटिया बजार बस्छन् ।

“गन्धर्वको सारङ्गी संस्कृति नै हराउन लाग्यो, एकाध मात्रैले गाउने र बजाउने गर्नुहुन्छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “मौलिक परम्परा नहराओस्, नयाँ पुस्ताले पनि सिकोस् भन्ने हाम्रो उद्देश्य हो ।”

वडा नं ३ हटियामा ३५ घर गन्धर्व परिवार छन् । उनीहरु ज्याला मजदुरी गरेर खर्च धान्छन् । पुस्तैनी सारङ्गी वादन र गायन पेशा हराउने स्थितिमा पुगेको छ । दीपकले इच्छुकलाई सारङ्गी वादनको सीप सिकाउने बताउनुभयो । घटना विशेषलाई कथानक बनाउने र त्यसलाई सारङ्गीको तालमा गाउने गन्धर्वको विशेषता हो । अहिले पनि कतिपय गन्धर्व समुदायका कलाकारले सारङ्गी रेटेर जीवन चलाउँछन् । केही दिनअघि गन्धर्वलाई सारङ्गी दिएको वडाले आइतबार आमा समूहहरुलाई मादल र खैँजडी वितरण ग¥यो ।

वडाभित्रका १३ आमा समूहलाई वाद्यवादनका सामग्री प्रदान गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । “मादल, खैँजडी र सारङ्गीमा मात्र ६४ हजार भन्दाबढी खर्च भएको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो । गाउँठाउँमा भजन संस्कृतिको जगेर्ना गर्दै आएका आमा समूह वडाबाट लोकबाजा पाएपछि उत्साहित छन् । वडाले दुई नौमती बाजा समूहलाई पोशाकसमेत प्रदान गरिएको जनाएको छ । ती समूहलाई एक÷एक दमाहा दिइएको छ । पुरानो पेशा, कला र संस्कृति उत्थानका लागि चालु आवमा वडाले रु तीन लाख बजेट छुट्टाएको थियो । सोहीमध्येबाट परम्परागत रुपमा आरान व्यवसाय चलाउँदै आएका १६ कालीगढलाई आरान सुधारका लागि उपकरण प्रदान गरिएको छ ।

“वडामा परम्परागत सामग्री जोगाउन सङ्ग्रहालयको काम अघि बढाइएको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “ढिकी, जाँतो, ठेकाठेकी, मदानी, हलो, जुवा, सेखुजस्ता सामग्री सङ्कलन भइरहेको छ ।” सामग्री सङ्कलनमा हालसम्म रु। ३० हजारबढी खर्च भइसकेको छ । वडाले यो वर्ष भौतिक पूर्वाधारसँगै सामाजिक विकास, कला, संस्कृति र पर्यटनका क्षेत्रमा लगानी बढाएको छ । नगर गौरवको योजनामा परेको ऐतिहासक कोतघर जीर्णोद्वारको काम पनि तीव्र गतिमा भइरहेको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

गलकोट राज्यका पहिलो राजा जितारी मल्लले बनाएको कोतघर संरक्षणमा नगरपालिका कस्सिएको हो । उक्त योजनाका लागि चालु आवमा रु ५० लाख बजेट छुट्टाइएको थियो । कोतघरमा १६० किलो बराबरका दुई वटा खुकुरी प्रतिस्थापन गरिएको जनाइएको छ । कला, संस्कृति र सम्पदाको उत्थानमा पछिल्लो समय स्थानीय तहले अग्रसरता बढाएका छन् । ओझेलमा पारिएका क्षेत्रले प्राथमिकता पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.