कर्णाली सरकारको विपद् कोषमा रु १० लाख सहयोग

Enepal Patra Pvt. Ltd. , ३४८  पटक हेरिएको

सुर्खेत, २५ असार । ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा रु १० लाख सहयोग गरेको छ । बैंक कर्णाली प्रदेशका प्रमुख मदनकुमार मुल्मीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।
उक्त चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विपद्का बेला सरकारसँगै छौंँ भनेर सकारात्मक सन्देश दिई आफ्नो उत्तरदायित्व पूरा गरेकामा बैंकलाई धन्यवाद दिनुभयो । बैंकका कर्णाली प्रदेश प्रमुख मुल्मीले संस्थाले विशुद्ध नाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गरेको जनाउनुभयो ।

प्रकाशित मिति: २०२०-०७-०९ , समय : २१:३२:२३ , ४ वर्ष अगाडि