कोइरालाको जन्मजयन्तीका अवसरमा पथरीशनिश्चरे काङ्ग्रेसले ग¥यो विभिन्न कार्यक्रम

Enepal Patra Pvt. Ltd. , ७९३  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), १८ असार । नेपाली काङ्ग्रेस पथरीशनिश्चरे नगर समितिले नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद काइरालाको ९६ औं जन्मजयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।
                                                                सामूदायिक वन क्षेत्रमा वृक्षारोपण
नगरको २ नं. वडा समितिले बिहान पथरीशनिश्चरे २ स्थित सुन्दर सामूदायिक वन उपभोक्ता समूह र चौतारी सामूदायिक वन उपभोक्ता समूहको खाली जग्गामा वृक्षारोपण गरेको थियो । काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश खड्काको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा १ सय विरुवा रोपिएको कार्यक्रम सञ्चालक पर्शु गुरुङले बताउनु भयो । सुन्दर सामूदायिक वन परिसरमा ४० वटा र चौतारी वन क्षेत्रमा ६० वटा विरुवा रोपिएको छ । विभिन्न १० प्रजाति विरुवा रोपिएको औपचारिक कार्यक्रम २ नं वडाका सभापति मानबहादुर पाठकको सभापतित्वमा भएको थियो । कार्यक्रममा चौतारी सामूदायिक वनका अध्यक्ष मेघराज चापागाई र प्रमुख अतिथि गणेश खड्काले गिरिजाप्रसाद कोइरालाको जीवन र राजनीतिक संघर्षका बारेमा चर्चा गर्नु भएको थियो ।
                                                  क्यान्सर पीडित वृद्धलाई १ लाख सहयोग
बिहीबार नै नगर काङ्ग्रेसले पथरीशनिश्चरे १ की ६० वर्षीय क्यान्सर पीडित एक वृद्धलाई १ लाख रुपियाँ नगद सहयोग गरेको छ । क्यान्सर पीडित करु गुरुङको घर मै पुगेर सहयोग प्रदान गरिएको पर्शु गुरुङले बताउनु भयो । पथरीशनिश्चरे नगर समिति कार्य वहाक सभापति ईश्वर थापा ,समाजसेवी माधव कोइराला र नगर उपसभापति कुलबहादुर गुरुङले नगद संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
                                                    एचआइभी संक्रमित महिलालाई सहयोग
यस्तै बिहीबार नै नगर समितिले पथरीशनिश्चरे १० निवासी एचआइभी संक्रमित एकल महिलालाई नगद ३ हजार ५ सय सहित २ बोरा चामल,५ किलो दाल,२ लिटर तेल प्रदान गरेको छ । सभापति ईश्वर थापा सहितको टिमले महिलाको घर मै पुगेर नगद सहितको सहयोग वितरण गरेको हो ।
                                                    विपन्न महिलाको घरमा ट्युववेलको ब्यवस्था
यसैगरी नगर काङ्ग्रेसले गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा पथरीशनिश्चरे ४ की ३० वर्षीया डिगमाया थापा अधिकारीको घरमा ट्युववेल(पानी खाने कल) गाडेर सहयोग गरेको छ । श्रीमानको मृत्यु भएपछि एकल जीव बिताउँदै आउनु भएकी अधिकारीको घरमा खानेपानीको ब्यवस्था नभएकोले ट्युववेल गाडिदिएको नेपाली काङ्ग्रेस नगर समितिले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०७-०२ , समय : २२:०८:४२ , ४ वर्ष अगाडि