कानेपोखरी लायन्समा सुवेदी,शैक्षिक सामग्री वितरण बाट जिम्मेवारी सुरु

Enepal Patra Pvt. Ltd. , १२००  पटक हेरिएको

कानेपोखरी ९मोरघ०,१७ असार ।लायन्स क्लव अफ कानेपोखरीले मोरङको कानेपोखरी–६ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा लायन्स क्लवअफ कानेपोखरीका सभापति गणेश सुवेदी, पूर्व सभापति कुमार फुयल, उपाध्यक्ष डिल्लीप्रसाद फुयल, कोषाध्यक्ष मनोज अधिकारी र सचिव कृष्णाकुमारी दवाडी समितिका सदस्यहरुको सहभागिता रहेको थियो

विद्यालय व्यवस्थापन अध्यक्ष विवेक लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानध्यापक चन्द्र मगर, भूतपूर्व विद्यार्थी संगठनका अध्यक्ष खगेन्द्र बराईली, शिक्षक र विद्यार्थीहरु उपस्थित हुनुहुन्थ्यो । आज बुधबार बाट नै सभापतिको जिम्मेवारी सम्हाल्नु भएका सुबेदीले विद्यार्थीलाई कपि,डटपेन,पेन्सिल लगायत खेलकुदका सामग्री प्रदान गरिएको बताउनु भयो । १० हजार मुल्य बराबरको शैक्षिक सामग्री वितरण गरेर जिम्मेवारी सुरु गर्नु भएका सुबेदीले वर्ष भरि नै विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम गर्ने बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०७-०१ , समय : २०:०९:०९ , ४ वर्ष अगाडि