भोली दिउँसोदेखि देशैभर मौसम सफा हुने

Enepal Patra Pvt. Ltd. , ६६०  पटक हेरिएको

काठमाडौं २६ माघ। भोलीबाट देशैभर मौसम सफा हुने प्रक्षेपण गरिएको छ । गत मंगलबारदेखि पश्चमी न्यूनचापीय प्रणालीको प्रभाव देखिएपछि देशैभर वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

शनिबार काठमाडौं उपत्यकासहित पूर्वी क्षेत्रमा हलुकादेखि मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए । पश्चिमी क्षेत्रमा भने बिहान सामान्य बदली भए पनि पश्चिमी न्यूनचापीय प्रभाव पूर्वतिर सर्दै गएकाले आइतबार दिउँसोदेखि मौसम सफा हुने मौसमविद् पौडेलले बताए ।

काठमाडौं उपत्यकामा बिहान आंशिक बदली हुँदा हलुका वर्षा भए पनि दिउँसोदेखि भने घाम लाग्न सक्ने महाशाखाले जनाएको छ । गत बुधबारदेखि वर्षासँगै हिमपात हुँदा जाडो बढेको छ । यो समाचार आजको नयाँ पत्रिकामा दैनिकमा छ ।

प्रकाशित मिति: २०१९-०२-०९ , समय : ०८:२१:१५ , ५ वर्ष अगाडि