लेटाङ नगरपालिकाको सातौ नगरसभामा ५९ करोड ५० लाखको अनुमानित बजेट प्रस्तुत

Enepal Patra Pvt. Ltd. , ५४७  पटक हेरिएको

लेटाङ, १० असार । बुधबार बसेको लेटाङ नगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ५९ करोड ५० लाखकोे बार्षिक बजेट प्रस्तुत गरिएको छ

नगरसभामा प्रस्तुत आगामी आर्थिक बर्षको बार्षिक बजेट अनुमान अनुसार आगामी बर्षका लागि नगरपालिकाले चालु खर्च तर्फ ३० करोड २५ लाख ५० हजार र पूँजीगत खर्च २८ करोड ८९ लाख रुपैया विनियोजन गरिएको छ ।
नगरपालिकाले लेटाङ नगरपालिकाले लेटाङ—कानेपोखरी सडक, पिएचसी भवन , खेरुवा खोला र भुवा खोलामा पक्की पूल , लेटाङ ४ र ८ मा पर्ने आधुनिक कृषि बजार लगायतका ठुला योजनालाई प्राथमिकतामा राखेर निति तथा वजेट तय गरेको छ ।
वडागत रुपमा ७५ लाखको सिलिङ बजेट वाट वडागत योजनाहरुलाई समेत नगरपालिकाले समेटेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शंकर राईले बजेटको अवस्था अनुसार लेटाङमा बजेट विनियोजन गरिएको प्रतिक्रिया दिनुभयो । केन्द्रीय र प्रदेश सरकार समक्ष लेटाङका योजनाहरुलाई विशेष जोडका साथ पेश गरिने र लेटाङकाे अवस्थालाई मध्यनजर गरेर याेजना दिनका लागि प्रदेश र संघीय सरकारलाई अनुराेध गर्नुभयाे ।

कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले समेत नीति तथा कार्यक्रमका विषयमा उठेका प्राविधिक पक्षको हल गर्नुभएको थियो ।

नगरपालिकाले लेटाङ नगरपालिका भरीमा उत्कृष्ट अंक ल्याएर कक्षा ८ उर्तिण गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान समेत गरेको थियो ।

प्रकाशित मिति: २०२०-०६-२४ , समय : १९:४६:५८ , ४ वर्ष अगाडि