रतुवामाईको सिमाक्षेत्रमा शशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट स्थापना

Enepal Patra Pvt. Ltd. , ७३९  पटक हेरिएको

प्रदिप पराजुली

रतुवामाई, आषाढ १०। मोरङको रतुवामाई नगरपालिका वडा नं. २ को भारतिय सिमा क्षेत्रमा सिमा सुरक्षाका लागि शशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टको विधिवत समुद्घाटन गरिएको छ ।

आज एक कार्यक्रमका विच प्रमुख अतिथि रतुवामाई नगर प्रमुख रविन राई र विशिष्ट अतिथि शशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति श.प्र.ना.म.नि श्री नगेन्द्र बहादुर थापाले संयुक्त रुपमा शसस्त्र प्रहरी बल बि.ओ.पी डोरिया स्थापनाको सुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रविन राईले पोष्टको स्थापना सँगै सिमाक्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण नियमनमा सहयोग पुग्नुका साथै शन्ति सुरक्षामा बलपुग्ने बताउनु भयो । वहाँले कुनै समयमा सिमा क्षेत्रमा असुरक्षका कारणले सिमा क्षेत्रका वासिन्दाहरु आफ्नो वसोवासनै छाडेर जानुपर्ने अवस्था रहेको र हाल शसस्त्र प्रहरी बलको पोष्ट स्थापना भएपछी सिमा क्षेत्रका वासिन्दाहरुले सुरक्षीत महसुस गर्ने पनि बताउनु भयो । सिमा क्षेत्रको सुरक्षामा सहयोग पुग्ने दृष्टिकोणले नगरपालिकाले सिमाक्षेत्रमा सडक निर्माण गरिरहेको पनि बताउनु भयो ।

त्यस्तै विशिष्ट अतिथि श.प्र.ना.म.नि श्री नगेन्द्र बहादुर थापाले सिमा क्षेत्रको सुरक्षाको लागि प्रत्येक ३.५ कि.मी मा पोष्ट स्थापना गरिने बताउनु भयो । स्थानीय जनताको व्यवहारिकतालाई बुझ्दै सिमाको सुरक्षामा खटिन प्रहरी बललाई निर्देशन दिनुभयो ।

कार्यक्रममा पोष्ट स्थापनाको निम्ती निशुल्क जग्गा उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । वहाँले ८ कठा ४ धुर जग्गा निशुल्क उपलब्ध गराउनु भएको हो ।
पोष्टको भौतिक पूर्वाधार लगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको हो ।
बि.ओ.पी मा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना शसस्त्र प्रहरीको दरबन्दी रहने छ ।

प्रकाशित मिति: २०२०-०६-२४ , समय : ०५:३०:०९ , ४ वर्ष अगाडि