खोलाले बगाउँदा मृत्यु

Enepal Patra Pvt. Ltd. , ८३९  पटक हेरिएको

पाल्पा, ८ असार । रम्भा गाउँपालिका–१ हुँगीको झेर्दीमा खोलाले बगाउँदा आज एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ निवासी ७० वर्षीया मनकुमारी सारु रहेको वडाध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।
मस्लाङबाट पनटायरको पसलमा आउने क्रममा उनलाई खोलाले बगाएको थियो । खोलाले बगाएर कालीगण्डकी नदीको किनारामा फालेको अवस्थामा उनलाई भेटिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : १४:५८:२८ , ४ वर्ष अगाडि