शारदामावि नेवि संघमा राजबंशी

Enepal Patra Pvt. Ltd. , ९९०  पटक हेरिएको

विराटनगर २२ माघ । शारदा मावि धनपालथान गाँउपालिका ४ मा नेवि संघको स्कुल ईकाइ समिति वनेको छ । अमन राजबंशीको सभापतित्वमा ३१ सदस्यीय समिति वनेको नेवि संघका नेता प्रशान्त बस्नेतले जानकारी दिनुभयो । नेवि संघका नेता दिपेन्द्र रौनियार र प्रशान्त वस्नेतको आतिथ्यतामा स्थानिय नेताहरु सुलेमान मियाँ , याकुव मियाँ , खिखरु राजबंशी लगायतको उपस्थितिमा विद्यालयमा नेवि संघको नयाँ कार्यसमिति वनेको हो ।
नेवि संघको महाधिवेशनको मिति नजिकिदै गरेकाले नेवि संघका विद्यालय , कलेज तथा पालिका स्तरिय समिति वनिरहेका छन भने कतिपय जिल्लामा नेवि संघको जिल्ला कार्यसमिति समेत वनिरहेका छन् ।

प्रकाशित मिति: २०१९-०२-०५ , समय : २०:१२:४६ , ५ वर्ष अगाडि