अभियन्ता डाक्टर घिमिरेको टोलीले गर्यो निःशुल्क स्वास्थ्य परीक्षण

Enepal Patra Pvt. Ltd. , ६४५  पटक हेरिएको

बिराटनगर, २ असार ।  विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अभियन्ता चिकित्सक डा. देवराज घिमिरे नेतृत्वको चिकित्सक टोलिले इटहरी स्थित मायाघरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

विगतमा पनि गरिब दुखी, पिछडिको क्षेत्रमा आँफै पुगी स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण गर्दै आएका डा.  घिमिरेले आज माया घरमा पुगी ५० जनाको स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गरेका हुन ।

लामो समयदेखि जारी लकडाउनका कारण माघा घरमा रहनुहुने आमा बुबालाई अस्पताल पुर्याएर उपचार गर्न कठिनाई भएपश्चात मायाघरमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गराईएको समाजसेवी तथा ब्युटिसियन मनिता तामाङ्गले जानकारी दिईन ।

माया घरमा पुगी डाक्टर घिमिरे सहितको टोलीले सुगर,प्रेसर, मानसिक रोग,छाला सम्बन्धि रोगका बिरामीको उपचार गरेको डाक्टर अमर यासिरले जानकारी दिए ।

लकडाउनका कारण सारा विश्व नै संकटमा भएको बेला माया घरको आग्रहलाइ स्वीकार गर्दै त्यहाँ बसिरहनुभएका ५० जना बुबाआमाको स्वास्थ्य परीक्षण गरी ४० हजार मुल्य बराबरको निशुल्क औषधि समेत वितरण गरिएको अभियन्ता डाक्टर देव घिमिरेले जानकारी दिए ।

कोरोना भाईरसको महामारी बिरुद्ध अस्पतालमा सक्रिय भईरहेको बेला ड्युटी सकेर बचेको समयमा माया घर आई स्वास्थ्य परीक्षण गरेको र थप उपचार आवश्यक बिरामीलाई अस्पताल लैजान सुझाव दिईएको डा. घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: २०२०-०६-१६ , समय : १२:१५:४७ , ४ वर्ष अगाडि