आर्थिक समितिकाे बैठक

Enepal Patra Pvt. Ltd. , ३७३  पटक हेरिएको

पथरी शनिश्चरे, ३० जेठ ।मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रम तय गर्ने क्रममा आज आर्थिक विकास समितिको बैठक बसी विभिन्न बुँदामा छलफल गरेको छ ।
समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षता र नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको आतिथ्यतामा सम्पन्न बैठकले कार्यपालिकाहुँदै अवको नगरसभाका लागि पेश गर्ने विषयहरु अघि सारेको छ ।
पशुपंक्षी तथा मत्स्य विकास शाखा, कृषि विकास शाखा र सहकारी शाखाका प्रस्तावित वार्षिक कार्ययोजनामाथि छलफल भएको समितिका सदस्य सचिव हेमचन्द्र दहालले जनाउनु भयो ।
वार्षिक नीति तथा कार्यक्रमका बारेमा विषयगत समितिहरुका लगातार बैठक बसिरहेका छन् ।
नगरका वडाहरुले पनि वडागत नीति कार्यक्रम तथा योजना तय गर्नका लागि छलफल चलाउने क्रम अघि बढाएका छन् ।

प्रकाशित मिति: २०२०-०६-१२ , समय : १६:०८:१७ , ४ वर्ष अगाडि