पन्थीले गरे घर भाडा छुटको घाेषणा

Enepal Patra Pvt. Ltd. , १०८९  पटक हेरिएको

कानेपोखरी( माेरङ) ,२७ जेठ । माेरङकाे कानेपाेखरी ६  रमाइलोका ब्यावसायी शिवप्रसाद उपाध्याय पन्थीले आफ्नो घरका सटर भाडामा लिएर ब्यापार गर्ने २ जनालाई २ महिनाको घर भाडा नलिने घाेषणा गर्नु भएको छ ।

पन्थीकाे घरका सटरमा पद्मा राई र ज्याेति पाैडेलले पसल गर्दै आउनु भएको थियो । पन्थीले देशभर काेराेनाकाे सन्त्रास रहेको र काेराेना भाइरस फैलिन नदिन सरकारले बन्दाबन्दी घाेषणा गरेको अवस्थामा ब्यापार नभएको भन्दै भाडा छुट दिएको घाेषणा गर्नु भएको हाे ।उहाँले मङ्गलबार सामाजिक सञ्जालमा लेख्दै भाडा छुटको घाेषणा गर्नु भएको हाे ।

प्रकाशित मिति: २०२०-०६-०९ , समय : २२:५८:१४ , ४ वर्ष अगाडि