५० हजार विरुवा उत्पादन गर्दै कानेपोखरी सव डिभिजन वन कार्यलय

Enepal Patra Pvt. Ltd. , १०२०  पटक हेरिएको

कानेपोखरी, २२ जेठ । मोरङको कानेपोखरीस्थित सव डिभिजन बन कार्यालयले चालु आर्थिक वर्षमा नै उपभोक्तालाई वितरण गर्ने गरी ५०हजार बिरुवाको उत्पादन गरिरहेको छ ।
कानेपोखरी गाउँपालिकाको १२ लाख , स्थानीय ६ वटा सामूदायिक वनको ३ लाख रुपियाँ र सव डिभिजन कार्यालय कानेपोखरीको प्राविधिक सहयोगमा बिरुवा उत्पादन गरिएको कानेपोखरी सव वन डिभिजन कार्यालयका प्रमुख तुलसीलाल यादवले बताउनु भयो । कानेपोखरी क्षेत्रका उपभोक्तालाई सहज रुपमा बिरुवा उपलब्ध गराउने उदेश्यले बिरुवा उत्पादन गरिएको यादवको भनाई छ । नर्सरीमा जडिबुटी,घाँसे, र काठ उत्पादन गर्ने विभिन्न २३ प्रजातिका ५० लाख बिरुवा रहेका छन् ।

प्रकाशित मिति: २०२०-०६-०४ , समय : २१:३०:५४ , ४ वर्ष अगाडि