कांग्रेसको चेतावनी – मापदण्ड विपरित सामूदायिक भबन नबनाउ

Enepal Patra Pvt. Ltd. , ७४३  पटक हेरिएको

पथरीशनिश्चरे( मोरङ) १६ जेठ । नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समिति र २ नं. वडा समितिले नगरको वडा नं. २ मा निर्माण हुन लागेको सामूदायिक भवन वडावासीलाई जानकारी नदिई अपायक स्थानमा मापदण्ड विपरित निर्माण भएको जनाएको छ ।
शुक्रबार पथरीस्थित नर्वदेश्वर शिवालय मन्दिरमा नगर र वडाले संयुक्त पत्रकार सम्मेलन गर्दै २ नं. वडा कार्यालयले आफू खुसी आफ्ना मान्छे राखेर निर्माण कार्य अघि बढाएको भन्दै आपत्ति प्रकट गरेको छ । सामूदायिक भवन निर्माणको न्यूनतम मापदण्ड समेत पुरा नगरी सामूदायिक भवन निर्माण गर्नु पर्ने कांग्रेसको भनाई छ । कांग्रेसले विज्ञप्तिमा भनेको छ – सामूदायिक भवन निर्माणका लागि न्यूनतम ३ कट्ठा जग्गा आवश्यक पर्छ । तर २ कट्ठा जग्गामा लगेर निर्माण कार्य थालिएको छ । त्यो पनि लक्ष्मीनारायण मन्दिर परिसरमा । मन्दिर हिन्दू धर्मावलम्वीहरू आस्थाको धरोहर हो । त्यहाँ गैर हिन्दूहरू नजान पनि सक्छन् । सामूदायिक भवन लिङ्ग, वर्ण ,जात, धर्म र आस्था फरक भएकाहरू सबैले सहभागिता जनाउन सक्ने गरी निर्माण गर्नु पर्ने कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्षको अन्त्यमा आएर अपारदर्शी ढंगले काम सुरु हुँदा भ्रष्टाचार र अनियमितताको शंका भएको बताइएको छ । वडावासीबाट ब्यापक बिरोध भएपछि हाल आएर शहरी बिकास कार्यलय बिराटनगरका निमित्त प्रमुख राम सुवर्ण चौधरीले काम रोक्न निर्देशन दिएको भन्दै विज्ञप्तिमा सरकारी कार्यालयले नै दोहोरो भूमिका खेलेको आरोप लगाइएको छ ।प्रदेश सभा सदस्य कृष्णकुमारी राईले कानून हातमा लिएर जवरजस्ती काम अघि बढाउन खोजेको कांग्रेसले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
१ नं. प्रदेशका प्रदेश सभा सदस्य एवं प्रदेश सभामा कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईको पहलमा १ सांसद, १ वार्ड १ सामूदायिक भवन कार्यक्रम अन्तरगत सामूदायिक भवन निर्माण गर्न २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।
विज्ञप्तिमा कार्य वाहक नगर सभापति ईश्वर थापा र वडा सभापति मानबहादुर पाठकले हस्ताक्षर गर्नु भएको छ ।
म मापदण्ड समेत पुरा नगरी सामूदायिक भवन निर्माण गर्नु पर्ने कांग्रेसको भनाई छ । कांग्रेसले विज्ञप्तिमा भनेको छ – सामूदायिक भवन निर्माणका लागि न्यूनतम ३ कट्ठा जग्गा आवश्यक पर्छ । तर २ कट्ठा जग्गामा लगेर निर्माण कार्य थालिएको छ । त्यो पनि लक्ष्मीनारायण मन्दिर परिसरमा । मन्दिर हिन्दू धर्मावलम्वीहरू आस्थाको धरोहर हो । त्यहाँ गैर हिन्दूहरू नजान पनि सक्छन् । सामूदायिक भवन लिङ्ग, वर्ण ,जात, धर्म र आस्था फरक भएकाहरू सबैले सहभागिता जनाउन सक्ने गरी निर्माण गर्नु पर्ने कांग्रेसले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्षको अन्त्यमा आएर अपारदर्शी ढंगले काम सुरु हुँदा भ्रष्टाचार र अनियमितताको शंका भएको बताइएको छ । वडावासीबाट ब्यापक बिरोध भएपछि हाल आएर शहरी बिकास कार्यलय बिराटनगरका निमित्त प्रमुख राम सुवर्ण चौधरीले काम रोक्न निर्देशन दिएको भन्दै विज्ञप्तिमा सरकारी कार्यालयले नै दोहोरो भूमिका खेलेको आरोप लगाइएको छ ।प्रदेश सभा सदस्य कृष्णकुमारी राईले कानून हातमा लिएर जवरजस्ती काम अघि बढाउन खोजेको कांग्रेसले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
१ नं. प्रदेशका प्रदेश सभा सदस्य एवं प्रदेश सभामा कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईको पहलमा १ सांसद, १ वार्ड १ सामूदायिक भवन कार्यक्रम अन्तरगत सामूदायिक भवन निर्माण गर्न २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।
विज्ञप्तिमा कार्य वाहक नगर सभापति ईश्वर थापा र वडा सभापति मानबहादुर पाठकले हस्ताक्षर गर्नु भएको छ ।

प्रकाशित मिति: २०२०-०५-२९ , समय : २०:१२:३४ , ४ वर्ष अगाडि