पीडकलाई कारबाही माग

Enepal Patra Pvt. Ltd. , ६९९  पटक हेरिएको

पथरीशनिश्चरे, १५ जेठ  । रुकुममा दलित युवामाथि सामुहिक आक्रमण गर्दा युवाको ज्यान गएको विषयप्रति मोरङको पथरीशनिश्चरेस्थित दलित सेवा संघ नगर कार्यसमितिले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मार्फत दोषीलाई कडा कारबाही र पीडितलाई न्याय दिलाउन माग गरेको छ ।

संघका अध्यक्ष रामप्रसाद परियार र सचिव कुवेरमान घतानीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नवराज विश्वकर्मा र शुष्मा मल्लबीचको प्रेम सम्वन्धका कारण गाउँलेको आक्रमणमा नवराज सहित ३ जनाको ज्यान गएको र ३ बेपत्ता भएको घटनाको घोर भत्र्सना गरिएको छ ।

दोषीमाथि कडा कारवाही र पीडितलाई न्यायका लागि नेपाल सरकारसँग माग गर्दै जातीय भेदभाव र छुवाछुतका आधारमा भएको यसप्रकारको निन्दनीय कार्य रोकिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २०२०-०५-२९ , समय : ०७:३५:१३ , ४ वर्ष अगाडि