Enepal Patra Pvt. Ltd. , ६८६ पटक हेरिएको
काठमाडौं,१३ जेठ । सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्।
सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी यसअघि नै बाहिर ल्याइएको थियो। यी दुई जिल्ला सहित थप विभिन्न जिल्लामा गरी ९० जनामा संक्रमण देखिएको हो।
नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।
प्रकाशित मिति: २०२०-०५-२६ , समय : १६:४८:३४ , ६ वर्ष अगाडि