बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु

Enepal Patra Pvt. Ltd. , ६२५  पटक हेरिएको

काठमाडौं, ८ जेठ ।  बुटवलमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण भई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षको भेन्टिलेटरमा उपचाररत मदाने गाउँपालिका ६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको हो।

अस्पतालका अनुसार उनको आज बिहान ७ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो। एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिई आएका उनलाई सर्वप्रथम डाइग्नोसिस सेप्सिस विथ एमओडिएस (मल्टी अर्गान डिस्फंसन सिन्ड्रोम) भई उपचार अगाडि बढाइएको थियो।

कोरोना संक्रमणको स्क्रिनिङका लागि पिसिआर परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

प्रकाशित मिति: २०२०-०५-२१ , समय : १३:२५:२५ , ४ वर्ष अगाडि