थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

Enepal Patra Pvt. Ltd. , ७०४  पटक हेरिएको

काठमाडौं, ८ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षण अनुसार थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ वर्षका पुरुषहरु छन्। त्यस्तै, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ।

संक्रमितको अवस्था समान्य रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २०२०-०५-२१ , समय : १०:३३:५२ , ४ वर्ष अगाडि