थप अर्का एक संक्रमित व्यक्तिको मृत्यु, बाँके क्वारेन्टाइनमा थिए संक्रमित

Enepal Patra Pvt. Ltd. , १०८४  पटक हेरिएको

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप अर्का एक संक्रमितको मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनापुर(५ का २५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो। यस विषयमा थप विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।

डा देवकोटाका अनुसार ती युवालाई शनिबार राती ज्वरो आउने र झाडापखलाको समस्या देखिएको थियो। उनको आइतबार बिहान ६ बजेर ४० मिनेट जाँदा मृत्यु भएको हो।

उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। उनी वैशाख ३० गते भारतबाट नेपाल आएका थिए।

यसअघि धुलिखेल अस्पतालमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको थियो। उनको पशुपति आर्यघाटमा विधुतिय शवदाह गृहमा दाहसंस्कार गरिएको छ।

प्रकाशित मिति: २०२०-०५-१७ , समय : १९:२५:२८ , ४ वर्ष अगाडि