थप ५ जनामा कोरोना , संक्रमितको संख्या २५० पुग्यो

कोरोनाको खतरा बढ्दै

Enepal Patra Pvt. Ltd. , ४३२  पटक हेरिएको

काठमान्डौ, १ जेष्ठ । सर्लाही , धनुषा र महोत्तरीका ५ जना कोरोना संक्रमित फेला परेका छन् ।

आज बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सर्लाहिमा १, धनुषामा २ र महोत्तरीमा २ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
उनिहरुको रास्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौमा कोरोना परिक्षण गरिएको थियो ।
संक्रमितहरु चिकित्सकको सम्पर्कमा रहेको र उनिहरुलाई आईसोलेसनमा राखिने जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

दैनिक रुपमा कोरोना संक्रमित गुणा भइरहेको बेला यसको खतरा ३ करोड नेपालीमा समेत देखिएको छ । पिसिआर परिक्षणको मात्र समेत बढाउनु पर्ने देखिएको छ । कोरोनाका लक्षण नदेखिदा समेत कोरोना लाग्ने भएकाले यसको खतरा महसुस भएको हो ।

प्रकाशित मिति: २०२०-०५-१४ , समय : ०८:५२:०६ , ४ वर्ष अगाडि