बाँके, १५ माघ । नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् ।

व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् । भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो । कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दूध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताउनुभयो ।

“नेपालमा गुणस्तरहीन दूध आइरहेको भन्ने गुनासो आएपछि हामीले गुणस्तर परीक्षण गरेको प्रतिवेदन देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौँ”, भन्सार प्रमुख निरौलाले भन्नुभयो, “गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलबाड गर्न त पाइएन नि रु” भारतबाट नेपालगञ्जमा दैनिक एक हजार ३०० लिटर दूध आउने गरेको छ ।

बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दूध लिने गरेका छन् । भन्सारले कडाइ गरेपछि चोरी नाकाबाट दूध ल्याउँदा ढिलाइ हुने भएकाले यहाँका व्यवसायी समस्यामा परेका छन् । दूधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दूधको गुणस्तरीय जाँच्न ‘मिल्क एनालाइजर’ छैन ।

क्वारेन्टाइनसँग ‘ल्याक्टोमिटर’सम्म जाँच गर्ने मेसिन भए पनि त्यो भरपर्दो नभएको कार्यालय प्रमुख डा शीतलबाबु श्रेष्ठ बताउनुभयो । सरकारले दूध परीक्षण गर्ने मेशिन नराख्ने र परीक्षण नगरी दूध भित्रिन दिँदैनाँै भन्नु नमिल्दो कुरा भएको नेपालगञ्जका दूध, दही व्यवसायी बताउँछन् ।

क्वारेन्टाइनसँग जाँच गर्ने मेशिन नहुँदा दूध परीक्षणमा समस्या भइरहेको छ । भारतबाट आउने पशुजन्य उत्पादनको परीक्षणका लागि सीमानाकामा क्वारेन्टाइन कार्यालय राखिए पनि दूधको गुणस्तरीय जाँच गर्न मिल्क एनालाइजर मेसिन नहुँदा परीक्षणमा समस्या भएको क्वारेन्टाइन प्रमुख डा श्रेष्ठले बताउनुभयो ।

भारतबाट भित्रिने दूधको गुणस्तर राम्रो नभएको बेलाबेलामा आवाज उठ्ने गर्दछ । नाकामा सशस्त्र प्रहरीले पनि दूधको गुणस्तरीयता जाँचेर मात्रै भित्र्याउन केही दिनदेखि भारतीय व्यवसायीलाई सम्झाउने काम गरिरहेको छ ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.