मिसगिटी निकालेकाे भन्दै स्थानियद्धारा अवरोध

Enepal Patra Pvt. Ltd. , १०२१  पटक हेरिएको

लेटाङ, १८ बैशाख । स्थानीय खाेला पीडितले खानी सञ्चालन गर्न निषेध गरेको स्थानबाट मिसगिटी निकालेको भन्दै लेटाङको चिसाङ खोलाबाट ढुंगा गिटी लैजान अबरोध गरिएकाे छ।

लकडाउनको मौका छोप्दै उपभोक्ताले निषेध गरेको क्षेत्रमा ठेकेदार तथा केही जनप्रतिनिधीहरुको मिलेमतोमा खोला दोहन भएको भन्दै अबरोध गरेका हुन् ।स्थानियले आफै गठन गरेको प्राकृतिक श्रोत तथा वातावरण संरक्षण समितिका संयोजक रुद्र श्रेष्ठले खाेलामा जथाभावी उत्खनन् भएको जानकारी दिनुभयो । चिसाङ खोलाको सिचाईवाट खेति हुने अधिकांश कृषी जमिन मरुभुमिमा परिणत हुने भन्दै सो क्षेत्रमा उत्खनन गर्न नदिईने श्रेष्ठको भनाई छ । विकास गर्नका लागि पूल मुनिकै भागमा खोलाजन्य पदार्थ पर्याप्त रहेको वताउदै श्रेष्ठले जनप्रतिनिधीहरु नै संलग्न हुनु दुखद भएको वताउनुभयो ।

बिहीबार उत्खनन गरिरहेका ट्रिफरवाट सामान झारेर उत्खनन गर्दा भएको खाल्डो पूर्न लगाएको र अव देखि सो स्थानमा उत्खनन नगर्न आग्रह समेत गरेका छन् । कुलोको मुहानलाई ठुलो असर गर्ने भएपछि आफुहरुले सो ठाँउमा खोलाजन्य पदार्थ उत्खननमा रोक लगाएको स्थानियले बताएका छन् ।

यता लेटाङ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तेजप्रसाद तिम्सिनाले २ नं. वडाको श्रीपाली चौक ,स्कुल चोक हुँदै फडानी साकोस सम्मको बाटो कालोपत्रे गर्न नगरको ३५ लाख , वडाको १५ लाख र उपभोक्ताको २८ लाख लगानीमा सडक कालोपत्रे गर्न सबबेसको लागि मिसगिटी लगेको जानकारी दिनुभयो ।

केही समय अघि खोला पीडित स्थानीय उपभोक्ता ,ठेकदार र जनप्रतिनिधि बसेर खोलामा उत्खनन् गर्न निषेधित क्षेत्र तोकिएकै स्थानमा ठेकदार र जनप्रतिनिधि को मिलेमतोमा धमाधम उत्खनन हुन थालेपछि स्थानीय उपभोक्ता आश्चर्यमा परेका छन्

प्रकाशित मिति: २०२०-०४-३० , समय : २०:१७:२४ , ४ वर्ष अगाडि