अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

Enepal Patra Pvt. Ltd. , ५३७  पटक हेरिएको

काठमाडौं ,१८ वैशाख । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा एक लाख २० हजार सात सय २० जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति: २०२०-०४-३० , समय : १०:०७:१३ , ४ वर्ष अगाडि