रुखबाट लडेर धरानमा १ जनाकाे मृत्यु

ईटहरीमा बेवारिसे बालिकाको मृत्यु

Enepal Patra Pvt. Ltd. , ९३३  पटक हेरिएको

धरान, १८ बैशाख। सुनसरीको धरानमा एक युवाको रुखबाट लडेर मृत्यु भएको छ । धरान ५ देउराली देवि गाउँका २० बर्षिय कुमार राईको मृत्यु भएको हो । सुकेको रुख काट्ने क्रममा लडेर घाईते भएका राईको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
सुकेको रुख काट्ने क्रममा रुखको हाँगाले टाउँको लागेको र उपचारको लागि विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी काकर्यलय धरानले जनाएको छ ।उनको बुधबार मृत्यु भएको हो ।
यसैबिच नाम थर नखुलेकी विगत ६ महिना देखि ईटहरीकाृे माया घरमा बस्दै आएकी एक बालिकाको समेत मृत्यु भएको हो । बालिका केहि समय देखि नै विरामी रहेको प्रहरीको भनाई छ । मृतक बालिकाको पोष्टमार्टमको लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०४-३० , समय : ०९:०३:४४ , ४ वर्ष अगाडि