उर्लाबारी नगरकाे विपद काेषमा धमाधम सहयोग जुट्दै

Enepal Patra Pvt. Ltd. , ९४६  पटक हेरिएको

उर्लाबारी ,१७ बैशाख ।उर्लाबारी नगरपालिकाले गठन गरेको काेराना भाइरस नियन्त्रण राहत काेषमा धमाधम सहयोग जुटिरहेको छ। मंगलबार उर्लाबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले   १ लाख ५५ हजार रुपैयाँकाे चेक स मितिका अध्यक्ष मानबहादुर जिमीले नगर प्रमुख खड्गबहादुर फागाेलाई प्रदान गर्नुभयो ।
यस्तै नेपाल तरुण दल उर्लाबारीका सभापति राेहित कार्कीले  ५१ हजार ५०० रुपैयाँ नगद प्रदान गर्नुभयो  । नगरपालिकाकाे सभाहलमा भएको कार्यक्रममा  व्रिटिस गाेर्खा डिपार्टमेन्ट उर्लाबारीका सञ्चालकल  मानबहादुर राईले १० हजार , अर्का सञ्चालक भीमबहादुर गुरुङबाट ५ हजार , नारायण लिम्बू १५ हजार ८०, गणेश लिङ्थेपले ५ हजार रुपैयाँ अार्थिक सहयाेग गर्नुभएको छ । यस्तै थामबहादुर राईले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ । मेनुका जिमीले ५ हजार ,तारा लिम्बूले २ हजार ५ सय रुपैयाँ सहयाेग गर्नु भएको छ ।
राहत वापतकाे सहयाेग रकम लिँदै नगरप्रमुख खड्गबहादुर फागाेले हाल सम्म ४३ लाख ७६ हजार राहत काेषबाट खर्च भएको बताउनु भयाे ।उहाँले याे खर्च  प्राविधिक र पुर्वाधार सहितकाे भएको जानकारी गराउनु भयाे । खर्च र अाम्दानी पारदर्शी भएको उल्लेख गर्दै मेयर फागाेले साँच्चिकै विपन्न र गरिव दुखीकाे पहिचानमा सहयाेग पुर्याउन अाब्हान गर्नुभयो । सार्वजनिक खरिद ऐन अनुसार नै सकेसम्म मितब्ययि भएर खाध्यान्न खरिद गरेकाे फागाेकाे भनाइ छ ।
फागाेले बैंक र सहकारीमा पैसा भएका नागरिकले राहतकाे अपेक्षा नगर्न अनुराेध गर्नुभयो । उहाँले भन्नुभयो – संकटका बेलामा बैंककाे पैसा निकालेर घर चलाउन सकिन्छ ।
नगर प्रमुख फागाेले सबै साना दलले नगरकाे राहत काेषमा सहयाेग गरेपनि नेकपा र नेपाली कांग्रेसले हाल सम्म सहयोग नगरेकाे बताउनु भयाे ।हाल सम्म नगरकाे  विपद ब्यवस्थापन काेषमा १५ लाख ७ हजार ११४ रुपैयाँ  जम्मा भइसकेको छ ।नगरले अाफ्नाे तर्फबाट ५० लाख रुपैयाँ विनियोजन गरेकाे थियो ।

प्रकाशित मिति: २०२०-०४-२९ , समय : १५:४७:४५ , ४ वर्ष अगाडि