जाँते-पथरी सडक निर्माण शुरु

Enepal Patra Pvt. Ltd. , १५७७  पटक हेरिएको

 

डम्बर सिन्चिउरी
जाँते, १६ बैशाख । कोभिड १९ को कहर बाट देश व्यापिरुपमा सरकारले लगाएको लकडाउन सँगै विगत ५ हप्ता अघि देखि स्थगित पथरी-जाँते- ज्यामिरे सडक खण्डमध्ये जाँतेको मदन चौक क्षेत्रमा भैरहेको निर्माण कार्य आज देखि पुनःशुरु गरिएको छ ।
उक्त सडक उत्तर पुर्वी मोरङ्गको पथरी बजारको बिच भएर पुर्व पश्चिम राजमार्ग बाट साढे १७ किलोमिटर उत्तर ९ किलो मिटर जंगल पार गर्दै जाँते स्थित मदन चौक , जाँते बजार हँदै ज्यामिरे स्थित कालेबुदुली सडकमा जोडिने छ । बहु बर्षे योजना अन्तर्गत निर्माणधिन उक्त सडक श्रेष्ठ कन्ट्रक्सन प्रा।लि। हेटौंडाले ४८ करोडको लगानिमा निर्माण गर्न लागेको हो । उक्त योजना अन्तर्गत पुर्व पश्चिम लोक मार्ग उत्तर ई। प्र।का। पथरी को परिसर सम्म जम्मा २०० मिटर ड्रेन सहितको पिच हुनेछ । जंगल क्षेत्रमा भने पिच मात्र हुने जनाईएको छ । यसै गरी अन्दाजी ५ कि।मि। गाउँ क्षेत्र ड्रेन सहितको पिच हुने छ । बाँकी चुरे क्षेत्रमा भने आवस्यक्ता अनुसार ड्रेन र पिच गरिने कम्पनि ले जनाएको छ ।

सोही योजना अनुसार हाल मदन चौक क्षेत्रमा ड्रेन निर्माण भै रहेको छ । गत २०७६ पौष महिना देखि निर्माण शुरु हने भनिएता पनि उक्त सडक गत फाल्गुण को पहिलो हप्ता देखि मात्र शुरु भएको थियो । यसरी झण्डै एक महिना जति मात्र सुचारु रहेको सडक जिर्माणको काम भने गत चैत्र ११ गते सरकारले लगाएको लकडाउन सँगै स्थगित हुन पुगेको स्थानियहरुले जनाएका छन् ।

यसरी लकडाउन सँगै बन्द रहेको निर्माण कार्य सरकारले लकडाउनको म्याद थपे पनि राष्ट्रिय महत्व तथा राष्ट्रिय योजनामा परेका निर्माण कार्यलाई प्रदेश तथा स्थानिय ससरकार को नियमन मा निरन्तर्ता दिन सुझाए पछि भने आज बाट सुचारु गरिएको लेटाङ्ग ९ जाँतेका वडाध्यक्ष कृष्ण लुईटेलले जनाएका छन्। वडाध्यक्ष लुईंटेलका अनुसार निर्माण कार्य पुनः शुरु गर्नका लागि पहिले देखि नै काम काम गरिरहेका १८ जना कामदार कानेपोखरी गाउँपालिका बाट ल्याई नगर स्वास्थ्य समिति द्वारा परिक्षण गराई निर्माण स्थल नजिकै बनाएको क्याम्पमा भित्राईएको , साथै उनिहरुको दैनिक विहान बेलुका स्वास्थ्य परिक्षणको व्यावस्था समेत गरिएको छ ।
यसै गरी कामदारको स्वास्थ्य परिक्षण गरे नगरेको वडाले पुर्ण नियमन गर्ने पनि जनाईएको छ । यसका लागि कामदारको दैनिक स्वास्थ्य परिक्षण गर्न आफू सँग मान्यता प्राप्त थर्मलगन समेत रहेको कम्पनी सहायक ठेकेदार ईश्वर कार्कीले जनाएका छन् । सहायक ठेकेदार कार्कीका अनुसार स्थानियहरुको स्वस्थ्य प्रति चिन्ता गर्दै कामदारहरुलई एक महिना सम्म थेग्ने खाध्यन्न आजै बाट क्याम्पमै उपलब्ध गराईसकिएको छ । यसैगरी उनिहरुलाई काम गर्न बाहेक कुनै पनि बहानामा क्याम्प बाहिर ननिस्कन साथै स्थानियलाई पनि कुनै पनि बहानामा कामदार सँग नभेट्न समेत सुझाएको बताएका छन् ।
ठेकेदार कार्कीले स्थानिय कामदर को माग लाई सम्बोधन गर्न कै लागि आफुले बाहिर बाट सिमित कामदार मात्र लिएर आएको वताएका छन् । उनले अब को एक हप्ता भित्रमा आफुलाई चाहिने लगभग २५ जना कामदार स्थानिय स्तर बाटै पुर्ती गरिने पनि वताए । यसका लागि अर्ध दक्ष भन्दा पनि सडक सम्बन्धि काममा दक्ष भएको कामदार मात्र आफुले लिन सक्ने पनि ठेकेदार कार्कीले जनाएका छन् ।

प्रकाशित मिति: २०२०-०४-२८ , समय : २१:१७:२५ , ४ वर्ष अगाडि