नेपालमा काेराेना संक्रमितकाे संख्या ५४ पुग्यो

रौतहटमा दुईजनामा कोरोना संक्रमण

Enepal Patra Pvt. Ltd. , ६६४  पटक हेरिएको

रौतहट १६ बैशाख ।  रौतहटमा दुइजनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ का एक र देवाहीगोनाही– १ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा बसेर ६ बैशाखमा घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर श्यामबाबु शाहले बताए ।
प्रादेशिक ल्याव जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनी घर फर्किएका थिए । तर केन्द्रिय प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ देखिएको हो । देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् ।

प्रकाशित मिति: २०२०-०४-२८ , समय : २०:५०:५० , ४ वर्ष अगाडि