वडाध्यक्ष उप्रेतीको निधन

Enepal Patra Pvt. Ltd. , ५३८  पटक हेरिएको

जनकपुरधाम, १६ बैशाख। धनुषाको मिथिला नगरपालिका वडा नं. ७ का वडाध्यक्ष युवराज उप्रेतीको ह्रदयघातबाट मृत्यु भएको छ ।
५५ वर्षीय उप्रेतीको मंगलबार अपरान्ह ५ बजे मृत्यु भएको मेयर हरिनारायण महतोले जानकारी दिए । वडाध्यक्ष उप्रेती धनुषामा विकासे योजनाको निरीक्षण गर्न मेयर र उपमेयरसँगै गएका थिए ।
पर्यटकीय स्थल मिथिला नगरपालिकाकै आफ्नै वडामा रहेको मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न नगरपालिकाको टोली पुगेको थियो । मेयर हरिनारायण महतो, उपमेयर तारा लामासहित इन्जिनियरको टोलीसँगै योजना निरीक्षणमा पुगेका वडाध्यक्ष उप्रेती अकस्मात बेहोस भएर ढलेका थिए।
उपचारको लागि जनकपुर लग्दै गर्दा उनको बाटोमै मृत्यु भएको मेयर महतोले जानकारी दिए । उप्रेती पूर्व माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २०२०-०४-२८ , समय : २०:४१:२८ , ५ वर्ष अगाडि