नगरप्रमुख ढकाललाई मातृशाेक

Enepal Patra Pvt. Ltd. , ६४९  पटक हेरिएको

सुन्दरहरैचा,१५ बैशाख । नेपाली कांग्रेस माेरङका सह सचिव एवम् सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकाललाई मातृशाेक परेकाे छ ।
ढकालकी अामा इन्द्रकुमारीको साेमबार बिहान अाफ्नै निवासमा निधन भएको हाे । केही समय अघि देखि विरामी पर्नु भएकि उहाँ ७८ वर्षकि हुनुहुन्थ्यो । उहाँका श्रीमान,चार छाेरा र तीन छाेरी रहेकाछन् । नगर प्रमुख शिवप्रसाद इन्द्रकुमारीका माइला छाेरा हुन् ।
सुनसरीको इटहरीस्थित वुढीगंगा घाटमा साेमबार बिहान उहाँको अन्त्येष्टि गरिने माेरङ कांग्रेसका सदस्य एवम् छिमेकी मीनप्रसाद फुयलले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०४-२७ , समय : ०७:४०:१० , ४ वर्ष अगाडि